Wednesday, June 15, 2016

तिलकपुर गाविसको सार्वजनिक सुनुवाई काम समयमा नगरिदिएको सेवाग्राहीको गुनासो

कावासोती, १ असार । 
नवलपरासीको तिलकपुर गा.बि.सको बुधबार भएको सार्बजनिक सुनुवाईमा गाविसका कर्मचारीले सेवाग्राहीको काम बेलामा नगरिदिएको गुनासो गरेका छन् । 
सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले गाविसको काम कारबाहि प्रति असन्तुष्टि यक्त गरेका हुन् ।  
सेवाग्राहिहरुको काम समयमा नगरिदिने, आलटाल गर्दै दुःख दिने गरेको भन्दै सेवाग्राहीले गुनासो गरेका थिए । 
सहभागिहरुले गाबिस सचिवको कार्यसम्पादन शैलीमा समेत रोस प्रकट गरेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै गाविस सचिव सकुन्तला शर्माले आफुले भ्याएसम्म समय दिएर काम गर्दै आएको र काम गर्ने शिलसिलामा दोश्रो ब्यक्ति लिएर आउदा काम गर्न अप्ठ्यारो हुने भन्दै सेवा ग्राहकलाई सोझै आफुसंग आउन अनुरोध गरे । 
सचिव शर्माले सबैले सहयोग गरे काम गर्न सहज हुने भन्दै सहयोगका लागि आग्रह समेत गरे । 
कार्यक्रममा बोल्दै चोलाकान्त पौडेल, राधेश्याम चौधरी, नारायण पाण्डे लगायतले स्थानीय स्तरसम्म सबैको पहँुच पुग्नेगरी काम गर्नु पर्नेमा जोड दिए । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal