विमा रकम दिएन विमा कम्पनीले
![]() |
| आफ्नै घर ओछ्यानमा थला परेर बसेका घर्ती |
ज्ञानु पंगेनी
नवलपरासी, ११ असार ।
पैसा कमाउन विदेशिएको परिवारको एक्लो छोरो जिउंदा लाश बनेर फर्किएपछि नवलपरासीको धौवादीमा उनको परिवार अहिले विचल्लीमा परेको छ ।
नवलपरासीको धौवादी २ जुकेपानी निवासी २७ वर्षका खेमवहादुर घर्ती विगत डेढ वर्ष अघि मलेसियामा बाटोमा हिड्दै गर्दा दुर्घटनामा परेपछि जिउंदो लाश सरह भएर घर फर्किएका हुन् । अहिले उनी डेढ बर्षदेखि विस्ताराको विस्तारै छन् । उनलाई खाना, उठ्न, बस्ने, दिशापिसाव गर्न पनि अरुको साहारा लिनु पर्ने भएका छन् ।
बुढेसकालमा बुवा आमाको सहारा र केटाकेटीको उज्जल भविष्यको सपना बुनेर विदेशिएका उनी विदेशिएको दुई बर्ष पुग्दा नपुग्दै सवारी दुर्घटनामा परेका हुन् । तरकारी किन्न जांदा ट्रकले पछाडिबाट ठक्कर दिएका हुनेका हात खुट्टा केही चल्दैन भने ठक्कर दिएको ठाउंमा लागेको घाउ अझ निको हुन सकेको छैन ।
बोल्न मात्र सक्ने उनी दिन भर ओछ्यानमा बस्ने र विगतका दिन सम्झदै दिन काट्ने गर्दछन् ।
उनको हात खुट्टा शरीर चल्दैन मात्र बोल्न सक्छन् । दुर्घटनाका कारण उनलाई प्यारालाईसिस भएपछि उनी अहिले कष्टकर जीवन विउन बाध्य बनेका हुन् ।
उनी सानो छुपडीमा खाट माथि मुडो लडेझै लडिरहेको डेढ वर्ष वितिसक्यो तर अझ पनि कही कतै उपचार गरेर निको हुन्छ कि भन्ने आश उनको र उनको परिवारमा हटेको छैन।
विदेश गएर धेरै पैसा कमाउला, घरपरिवार चलाउला, ऐलानी जग्गालाई आफ्नो बनाउला, छोराछोरीलाई राम्रो स्कूलमा पढाउला भन्ने सपना बोकेर विदेश हानिएका खेम वहादुरको सपना अहिले सबै चकानाचुर भएको छ । उनी अहिले अरुको साहारा विना हिडडुल गर्न त परै जाओस् एक गास खाना खान पनि नसक्ने भएका छन ।
घरको एउटै छोरो बृद्ध वावुआमा, श्रीमती र दुई छोराछोरीको जिम्मेवारी सबै उनकै काधमा थियो तर, अहिले उनी अरुको साहारामा जीवन विताई रहन बाध्य भएका छन् ।
मलेसियाको एक कम्पनीमा सेक्युरेटी गार्डको काममा गएका घर्तीलाई आफूले काम गरेको कम्पनीको नाम पनि थाहा छैन ।
दुर्घटनामा परेपछि उनी एक महिना ३ दिनसम्म मलेसियकै एक अस्पतालमा उपचार गरेर बसे । तर, उनको हातखुट्टा, शरीर चल्दै चलेन । पैसा पनि धेरै खर्च गरे, निको नभएपछि उनी घर फर्किएका थिए ।
त्यहा संगै रहेका उनका भिनाजु, जेठान र साथीहरुले केही उपचार खर्च दिएका थिए, घरबाट समेत ऋण काढेर उपचारका लागि रकम पठाएका थिए । उनलाई घरसम्म ल्याउनका लागि कावासोती स्थित सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रले सहयोग गरेको थियो ।
मलेसियामा मात्रै औषधी उपचारमा ५ लाख रुपैया खर्च भएको घर्तीले बताए । कम्पनीबाट उपचारका लागी कुनै पनी सहयोग भएन ।
नेपाल आएपछि पनी उपचारकालागी धेरै अस्पतालमा पुगेको भएपनी निको भने हुन सकेन ।
‘काठमाण्डौका विर अस्पताल , टिचिङ्ग अस्पताल सहित सातआठ वटा अस्पतालमा उपचारकालागी गए तर , जहागएपनी हातखुट्टा चल्दैन जिउदो लाश झै भएर बस्नुपरेको छ । एउटै छोरो बाआबा बुढा छन आफुले कमाएर खुवाउनुपर्ने ठाउमा उल्टै ऋन लगाएर बस्नुपरेछ नेपालमा मात्रै उपचार गराउदा ६ लाख रुपैया सक्कीसक्यो । ’ घर्तीले भने
उपचारकालागी १ कठ्ठा जग्गा समेत बेचेको घर्तीले बताए । ‘उपचार खर्चलाई १ कठ्ठा जग्गा पनी बेचे त्यो छेउ पनी लागेन अझै ७ लाख रुपैया रिन छ कसरी तिर्ने हो थाहाछैन दाजुभाई छैनन , छोराछोरी सानो छ कसले कमाएर तिर्ने हो ? ’ घर्तीले भने ।
विदेश जादा उनले प्राईम लाईफ ईनसुरेन्स कम्पनीमा विमा गरेका थिए तर , सो विमा कम्पनीले विमा रकम नदिएको घर्तीको गुनासो छ ।
‘विमाबाट पैसा आउछ भन्ने आशमा रिन काढेर उपचार गरेको अन्तिममा आएर पैसा नै दिएन । कागजपत्र बनाउनलाई तिनचार पटक कम्पनीमा बोलायो एम्बुलेन्स बोलाएर खर्च गरि गरि गए , एक पटक घरमा नै बुझ्न आएका थिए कागजपत्र बन्दैछ दुई चार दिनमा पैसा आउछ भनेर आश देखायो तर , दिएन । ’ घर्तीले गुनासो गरे ।
विमा रकम दिलाउनकालागी कावासोतीको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रले पनी धेरै पहल गरेको परामर्शदाता रञ्जना लम्सालले जानकारी दिएकी छन । घर्ती नेपाल फर्केपछि नै प्राईम लाईफ ईन्सुरेन्सको काठमाण्डौ र कावासोती शाखासंग पटक पटक रकम उपलब्ध गराउन आग्रह गरेको भए पनी उसले दुर्घटनामा परेर अङ्गभङ्ग भएमात्रै विमा रकम दिन मिल्ने तर घर्तीलाई प्यारालाईसिस भएकाले यस्तो केशमा रमक दिने इन्सुरेन्स पोलिसी नै नभएकोले रकम दिन नमिल्ने जवाफ दिने गरेको लम्सालले बताईन ।
‘विमाको केहि रमक घर्तीलाई उपलब्ध गराउन पाए मात्रै पनी धेरै राहत मिल्ने भएकाले कम्पनीमा अझैपनी हामिले ताकेता गरिरहेका छौ पछिल्लो पटक त हामिलाई विमा रकम दिन बाध्य पार्नुस बल्ल दिन्छौ नभए दिदैनौ भनेर धम्कीपुर्ण भाषा प्रयोग ग¥यो । ’ लम्सालले भनिन ।
घर्तीका वुवाआमा श्रीमती एक छोरा र एक छोरी छन । ७ कठ्ठा जग्गा छ त्यो पनी आफ्नो नाममा छैन २÷ ३ कठ्ठामा परिवार मिलेर तरकारी खेती गरेका छन त्यसैबाट जनतन घरखर्च चलिरहेको छ । ऋण तिर्न नसक्दा ब्याज थुप्रिएर बसेको छ । एक जनालाई उनकै स्याहार सुसार गर्दा ठिक्क हुन्छ ।
उनकी श्रीमती प्रेममाया घर्तीलाई पनी श्रीमानको चिन्ताले सधै पिरोलीरहेको छ ।
‘नेपाल मा नै बसेको भए यस्तो हुने थिएनहोला , धेरै पैसाको आशमा विदेश पठाउदा श्रीमानको जिन्दगी त बर्बाद भयो भयो घरपरिवारको आखामा सधै आशु मात्रै हुने भयो खुसी कहिल्यै हुनेभएन । ’पे्रममायाले भनिन ।
विमा कम्पनीबाट धेरै थोरै जतिभएपनी पैसा पाए केहि सहज हुने उनको भनाई छ । ‘अब जे जे हुनुथियो भयो , विमाको पैसा धेरैथोरै जति पाए पनी रिन तिर्न हुन्थ्यो हामिले भनेर त दिएनन अरु ठूलाठूला मान्छेले भनेर दिन्थेहोला भनिदिए हुन्थ्यो । ’पे्रममायाले भनिन ।

Post a Comment