Saturday, June 25, 2016

सिमेन्ट कम्पनीको लागि जग्गा मुवाब्जाको बिषयमा विवाद

गोपी ज्ञवाली
नवलपरासी, ११ असार । नवलपरासीको वेनीमणिपुर गाविसको सर्दीमा स्थापना हुन लागेको देश कै ठूलो सिमेन्ट उद्योगका लागि जग्गा खरिदको मुवाब्जाको बिषयमा विवाद भएको छ ।
स्थानीय जग्गाधनि किसानहरुसंग जग्गा खरिदको क्रममा जग्गा क्रेताहरुले विभेद गरेको स्थानीय किसानहरुको आरोप छ । किसानहरुलाई दिईएको मुवाब्जामा जग्गा के्रताहरुले विभेद गरेको भन्दै स्थानिय जग्गाधनीहरु धर्नामा बसे पछि विवाद बढेको हो ।
स्थानीय वेद बहादुर विकका अनुसार एकै स्थानका जग्गा खरिद गर्दा क्रेताले विभेद गरेको भन्दै स्थानीय जग्गा धनीकिसानहरु गत विहिबार देखी कम्पनीको सम्र्पक कार्यालय अगाडि धर्ना बसेका थिए ।
कम्पनीले जग्गा खरिदको लागि जमिनलाई वर्गीकरण गरि क वर्गको जमिनलाई २ लाख १५ हजार प्रति कठठा, ख लाई १ लाख ६५ हजार, ग लाई १ लाख १५ हजार र खोलामा पर्ने जमीनलाई ७५ हजार प्रति कठ्ठाको दरले जग्गाधनीलाई पैसा दिएको मध्यस्तकर्ता कृष्ण भुसालले बताए ।
जग्गा खरिदको क्रममा सिमेन्ट कम्पनीले लिन लागेको १ सय विगाहाको क्षेत्र भित्रका करिब एक दर्जन घर परिवारले भने आफुहरुले जग्गा कम्पनीलाई नदिने बताएपछि ति परिवारहरुलाई कम्पनीले निर्धारण गरेभन्दा बढि रकम मुवाब्जामा दिएको थियो । सोहि क्षेत्रको जग्गालाई बढि मुवाब्जा दिएर खरिद गरेपछि अन्य किसानले बिरोध गरेको स्रोतको दावी छ ।
पहिला पैसा दिने किसानहरुले आफुहरुलाई पनि पछि जमीन छाडने किसान सरहको जमिनको मुल्य चाहिने भन्दै विरोधमा उत्रे पछि विवाद बढेको स्रोतले जनाएको छ । 
आईतबार स्थानिय जग्गाधनी, प्रशासन, उद्योगी, स्थानिय मध्यस्तकर्ता राजनैतिक दलका प्रतिनिधी लगाएतको उपस्थितिमा सर्व पक्षिय छलफल गरि समस्याको समाधान गरिने सहमति पछि धर्नाकारीहरु उठेको स्थानिय बासी बासु बस्यालले बताए ।
चाईनीज कम्पनीको लगानीमा नवलपरासीको बेनीमणिपुर गाविसको वार्ड नम्बर ३ मा देश कै सबै भन्दा बढि सीमेन्ट उत्पादन गर्ने क्षमता भएको सीमेन्ट उद्योग स्थापनाका लागि पछिल्लो केही समय देखी जग्गा खरिद गर्ने प्रकृया चलेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal