कावासोती, २२ जेठ ।
नवलपारसीको दाउन्नेदेवी उच्च माध्यमिक विद्यालय बर्दघाटकी विपना परियार चार स्वर्ण सहित पश्चिमाञ्चलकै आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जित्नसफल भएकी छन् । राष्ट्रिय खेलकुद परिषद् द्वारा आयोजित
प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर जम्प गर्दै विपना विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन।
विपनाले ४ गुणा १ सय तथा ४ गुणा ४ सय मिटर रिलेमा पनि टोलीसंग मिलेर स्वर्ण हात परेकीछन्् । सर्वोत्कृष्ट घोषित भएसंगै खेलकुद मन्त्रालयका सह–सचिव चूढामणि पौडेलले विपनालाई युवा प्रतिभा खेलाडी पुरस्कारबाट सम्मानित गरिने घोषणा गर्नु भएको छ । एक लाख राशीको पुरस्कार साउनमा हुने कार्यक्रममा प्रदान गरिने भएको छ ।
यता विपना चार स्वर्ण सहित पश्चिमाञ्चलकै सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि विद्यालयले किर्तिमानी, सर्वोत्कृष्ट खेलाडी, युवा प्रतिभा खेलाडी छात्रा विपना परियार लाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको शुभकामना दिदै विपनालाई यस सफलतासम्म र्पुयाउन सहयोग गर्नुहुने परिवारजन, यस विद्यालय परिवार, प्रशिक्षकहरू, सहयोगी सबैमा धन्यवाद ब्यक्त गर्दै विपनाको शैक्षिक एवम् खेलकुद क्षेत्रमा विद्यालयबाट निरन्तर थप आवश्यक सहयोग गर्ने प्राचार्य चिरन्जीवि खनालले बताउनु भएको छ।

Post a Comment