कावासोती, २२ जेठ । सामुदायिक सेवा केन्द्र गैँडाकोट नवलपरासीको अध्यक्षमा दाताराम घिमिरे सर्वसम्मत चयन भएका छन् । गत फागुन १५ गते भएको अधिवेशन पश्चात् समिति निर्माणका लागि छलफल जारी रहेको थियो । घिमिरेको अध्यक्षतामा गठित ११ सदस्यीय समितिको उपाध्यक्षमा कमला गुरुङ्, सचिवमा भूमिश्वर शर्मा, कोषाध्यक्षमा नरेश आचार्य, सहसचिवमा टंकप्रसाद सापकोटा चयन भएका छन् ।यसै गरि सदस्यमा देवीकी मिश्र, शोभा सापकोटा, सुकबहादुर दराई, रमेश ढकाल र डोलराज गुरुङ रहेका छन् । यस्तै अनुगमन तथा सुपरिवेक्षण समिति संयोजकमा टिकादत्त अधिकारी, सदस्यमा उर्मिला शर्मा र इन्दिरा शर्मा रहेको निर्वाचन समिति संयोजक दिनुराम सापकोटाले बताए ।
एस पि एम कलेजको अन्तरकृया सम्पन्न ।
कावासोती, २२ जेठ। एसपिएम कलेज गैँडाकोट नवलपरासीको आयोजनामा अन्तक्रिया कार्यक्रम शनिबार गैडाकोटमा सम्पन्न भएको छ । अन्तक्रियामा कलेजले आगामी दिनमा संचालन गर्ने शैक्षिक कार्यक्रमका बारेमा सरोकारवाला पक्ष बीच अन्तक्रिया भएको कलेजका सहायक प्राध्यापक गोबिन्द रिमालले बताए । अन्तक्रियामा स्थानीय समाजसेबी, बुद्धिजिबी, प्राध्यापकको सहभागी रहेको थियो । कलेजले आगामी दिनमा ल्याउने कार्यक्रमका बिषयमा क्याम्पस प्रमुख गोबिन्दराज बिनोदीले जानकारी दिएका थिए । सो कार्यक्रम कलेज संचालक समिती अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment