लक्ष्मी भुसाल
नवलपरासी, ७ असार । दोस्रो अन्तराष्ट्रिय योग दिवस नवलपरासी सहित विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सोही क्रममा नवलपरासीको कावासोतीमा रहेको खानेपानीको सभाहलमा योग शिविर भएको हो ।
इलाका प्रशासन कार्यालय नवलपुर र पतन्जली योग समिति नवलपरासीको आयोजनामा १ घण्टे योग शिविर भएको हो ।
बिहान ७ बजेबाट शुरु भएको कार्यक्रम एक घण्टा चलेको थियो ।
उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय कावासोतीका कार्यालय प्रमुख पिताम्बार घिमिरेको अध्यक्षतामा भएको शिविरमा पतन्जली योग समिति नवलपरासीका अध्यक्ष गणेश आर्चाय, स्थानीय योग गुरु लगायतले शिबिरमा योग प्रशिक्षण दिएका थिए ।
१ सय ३० जनाको सहभागिता रहेका शिविरको सहजीकरण पतन्जली योग शिविरका महामन्त्री राधा उपाध्यायले गरेका थिए ।

Post a Comment