नवलपरासी, ७ असार । नवलपरासीको परासीमा जारी तराई मधेश लोकतान्त्रिक पार्टिको प्रथम महाधिवेशनको बन्द शत्रमा बुधबार पार्टीको संशोधित विधान, राजनैतिक दस्तावेज र निति तथा कार्यक्रम पारित भएको छ ।
बन्द्र सत्रमा प्रतिनिधिहरुले उठाएका शंशोधनको विभिन्न बुदाहरुलाई निति तथा कार्यक्रममा समावेश गरिदै परित गरिएको हो ।
बन्द सत्रले विभिन्न १७ वटा बुंदा पारित गरेको छ ।
अध्यक्ष महन्त ठाकुरले कृषि, सिचांई, उर्जा, सडक तथा पुर्वाधार, उद्योग, व्यापार, सहकारी, सहकारी पर्यटन, शिक्षा स्वाथ्य वन, भुमी, श्रम, महिला तथा बालबालिका एवं बृद्धबद्धा, युवा तथा सूचना संचार गरी १७ वटा बुदा पारित गरिएको जानकारी दिए ।
महाधिवेशनमा वृजेश गुप्ता संयोजक रहेको समितिले तयार पारेको राजनितिक दस्तावेज र संर्वेन्द्रनाथ शुक्ला संयोजक रहेको समितिले तयार पारेको निति तथा कार्यक्रम प्रस्तुत गरियो ।
नेपाली राजनीति, मधेषी समाज, मधेष राज्य, आदीवासी तथा जनजातिको अन्र्तरसम्बन्ध, देशी विदेशीको प्रभाव लगायतका राजनीतिक एजेण्डा माथि पनि छलफल भएको अध्यक्ष ठाकुरले बताए ।
पार्टीको विधान संसोधन भएपनि अझै पुर्ण समावेशी नभएको भन्दै गठन हुने केन्द्रिय कार्यसमितिको पदाधिकारी तथा सदस्य पदहरुमा महिला, जनजाति लगायत वर्गहरुको पनि पुर्ण समावेशी हुनु पर्ने माग समेत सहभागीहरुले उठाएका थिए ।
पहिलो संविधानसभामा ९ प्रत्यक्ष र १२ समानुपातिक गरी २१ सिट पाएर पांचौ स्थानमा रहेको तमलोपा दोश्रो संविधान सभामा भने ४ प्रत्यक्ष र ७ समानुपातिक गरि ११ स्थानमा चित्त बुझाउनु परेको थियो ।
मधेशमा आÏनो पकट कम हुदै गएपछि यसलाई बढाउने बारे पनि महाधिवेशनमा छलफल भएको थियो । सिमाकंन प्रति असहमती जनाउदै आएको तमलोपाले नारायणी पूर्व मधेश प्रदेश र नारायणी पश्चिम थरुहट प्रदेशको एजेण्डालाई प्रमुख रुपमा अघि सारेका छन् ।
अध्यक्षमा आकांक्षी ठाकुर र चौधरी
बुधबारदेखि शुरु हुने भनिएको तमलोपाको नयां नेतृत्व चयनका लागि हुने निर्वाचनको अध्यक्षको आकांक्षी दुई जना देखिएका छन् ।
अध्यक्षका उम्मेदवारमा पार्टीका अध्यक्ष महन्त ठाकुरले दोहोरिने इच्छा देखाएका छन् भने त्यस्तै महामन्त्री गोविन्द चौधरीले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । अध्यक्षले दोहोरिने इच्छा देखाएका र महामन्त्री चौधरीले पनि अध्यक्षमा उमेद्वारी दिने जनाएपछि पार्टी भित्र बन्द शत्रमा कार्यकर्ता तथा प्रतिनिधि माझ यो निक्कै चर्चाको विषय समेत बनेको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार प्रथम महाधिवेशनबाट ७१ जनाको केन्द्रिय कार्यसमिति गठन गरिने विधानमा प्रावधान रहेको छ ।
निर्वाचन प्रकृया सबै पुरा भैसकेको निर्वाचन मण्डलले जानकरी दिदै सर्वसम्मत नभएको खण्डमा भोलिदेखि नै निर्वाचन प्रकृयामा जाने बताएको छ ।
बुधबारबाट निर्वाचन प्रक्रिया शुरु हुने छ । नयां नेतृत्व चयनका लागि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बाहेक अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री र सदस्यहरु समेतमा प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।
बरिष्ठ उपाध्यक्षमा अहिले सम्म वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले मात्र इच्छा जाहेर गरेका छन् जसले गर्दा वरिष्ठ उपाध्यक्ष भने सर्वसम्मत हुने सम्भावना देखिएको छ ।
तमलोपामा बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष गरि तीन जना उपाध्यक्ष रहने प्रावधान रहेको हुँदा पार्टीको उपाध्यक्ष पदमा मात्र वृजेशचन्द्र लाल, महामन्त्री तथा पार्टी प्रवक्ता सर्वेन्द्रनाथ सुक्ला र महामन्त्री जितेन्द्र सोनाल गरी तीन जना बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यस्तै पार्टीमा ३ जना महामन्त्री र सह महामन्त्री रहने प्रावधानमा महामन्त्री पदका लागि केन्द्रिय सदस्य बृजेश गुप्ता, सदस्य उमाकान्त झा, जंगिलाल यादव र तराई मधेश महिला संघकी राष्ट्रिय अध्यक्ष चन्दा चौधरी समेतको प्रतिस्पर्धा हुने सम्भावना रहेकोछ ।
त्यस्तै सह महामन्त्रीपदका लागि सदस्य सुरेश मण्डल, राजेन्द्र शाह, कृष्णा सिंह, अन्जु गुप्ता, पुष्पा ठाकुर, र जेपी ठाकुर गरि ६ जना पुर्वबाट उम्मेदवार देखिएका छन् भने पश्चिमबाट पशुपति दयाल मिश्र र ईश्वरी दयाल मिश्र गरि ८ जनो सह महामन्त्रीका लागि आकांशी देखिएका छन् ।
कोषाध्यक्ष पदमा एक निर्वाचित र एक मनोनित हुनेमा सदस्य कविन्द्र ठाकुर, र अनिता यादव आकांक्षी देखिएका छन् ।
तमलोपाको विधान अनुसार एक बरिष्ठ उपाध्यक्ष सहित तीन जना उपाध्यक्ष रहने प्रावधान छ । जसमा बरिष्ठ उपाध्यक्ष र एक उपाध्यक्ष निर्वाचनबाट आउने प्रावधान छ भने एक जना मनोनित हुने प्रावधान छ ।
त्यसैगरी एक जना कोषाध्यक्ष निर्वाचनबाट आउने प्रावधान छ भने सह कोषाध्यक्ष मनोनित बाट आउने प्रावधान रहेको छ ।
Post a Comment