रामकुमार श्रेष्ठनवलपरासी, ७ असार ।
नवलपरासीको कावासोतीमा आफ्नै बुवाले १३ बर्षीया छोरीलाई करिब तीन महिनादेखि नियमित बलात्कार गरेको रहस्य बाहिर आएको छ ।
गएराति पनि छोरीलाई
कावासोतीको एउटा विद्यालयमा क्यान्टिल सञ्चालन गरी बस्ने मध्यविन्दु नगरपालिका निवासी पाण्डे थर गरेका व्यक्तिले १३ बर्षीया कक्षा सातमा अध्ययनरत आफ्नी छोरीलाई नियमित जबरजस्ती करणी गर्ने गरेका हुन् ।
विद्यालय स्रोतका अनुसार उनले छोरी पहिलो पटक महिनावारी भएकोदेखि छोरीलाई नियमित नशालु पदार्थ सेवन गराउने र करणी गर्ने गरेका थिए।
गएराति बालिका क्यान्टिन बाहिर साथीको घर गएर बसेको र साथीले राति किन आएको भन्दै सोधीखोजी गर्न थालेपछि साथीले घटनाको बारेमा जानकारी गराएका थिए । साथीले आज विद्यालयमा शिक्षकहरुलाई जानकारी गराएपछि विद्यालयले प्रहरीलाई खबर गरेको हो ।
बालिकाले आफू करिब चार महिना अगाडि पहिलो पटक महिनावारी भएपछि त्यसपछि नभएको समेत बताएकी छिन् ।
पाण्डेका श्रीमतीले केही समय अगाडि श्रीमान्लाई छाडेर पोखरा गएकी थिइन् । विद्यालयले पाण्डेलाई प्रहरीको जिम्मा लगाएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले घटनाको अनुसन्धान भईरहेको बताए ।
जबरजस्ती करणी गर्न खोजेपछि छोरीले नमानेको र छोरीलाई कुटपिट गरेका कारण छोरी राति साथीकोमा गएर बसेपछि घटना बाहिर आएको हो ।
Post a Comment