कावासोती, २९ जेठ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको चोरमारा जंगलमा आज विहान एक चितुवा मृत अवस्थामा फेला परेको छ ।
सेक्टर बन कार्यलय कावासोतीका प्रमुख कृष्ण प्रसाद देवकोटाका अनुसार चितुवा बिहान मृत अवस्थामा फेला परेको हो ।
घटना हेर्दा गाडिको ठक्कर बाट मृत्युु भएको हुन सक्ने प्ररम्भिक अनुसन्धानले बताएको छ । प्रहरीको अनुसार चितुवा लाई शुक्रबार राती सवारी साधनले ठक्कर दिएको आशंका गरिएको छ ।
ठक्क दिने सवारीको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ । बन कार्यलयको अनुसार उक्त्त मृत चितुवालाई पोष्टमाटम पछि बन कार्यलयमा गाडिने भएपनी पोष्टमार्टम नगरी कार्यालय पछाडीको खाल्टोमा फालिएको छ ।
वन क्षेत्रमा धेरै जङ्गली जनावर सवारीको ठक्करबाट मर्ने गरेका छन् ।
Post a Comment