नवलपरासी,जेठ २९
राष्ट्रिय अर्थतन्त्रमा सामुदायीक बनहरुको योगदान महत्वपुर्ण रहेको सामुदायीक बन उपभोक्ता महासंघ नेपालका राष्ट्रिय कार्यसमितिका महासचिव भारती पाठकले बताउनु भयो ।स्थानीय विकास निर्माण ,शसत्तिकरण लगाएतका क्षेत्रमा सामुदायीक बनहरुले गरेको लगानी महत्वपुर्ण रहेको उहाले बताउनु भयो ।
सामुदायीक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासीको सातौं जिल्ला परीषदको भेलालाई सम्बोधन गर्दै बन संरक्षण संगै स्थानीय बाटो ,बिद्यालय,पुलपुलेसा लगाएतका पुर्वधार विकाशमा सामुदायीक बनहरुले लगानी गरेको उहाले बताउनु भयो । तर, सामुदायीक बनहरुको यस लगानी बारे सरकार संग कुनै तथ्याङ्क र दस्तावेज नहुनु दुखद भएको पाठकले बताउनु भयो ।
सरकारको निति कार्यक्रम तथा बजेटमा सामुदायीक बनहरुकालाई अझै पनी प्राथमिकतामा नपार्नु दुखद भएको बताउदै सामुदायीक बनहरुको अधिकार सुनिश्चत गर्न महासंघ लागिपरेको उहाले बताउनु भयो ।
यस्तै उहाले राष्ट्रपती चुरे संरक्षणको नाममा समुदायको अधिकार कुन्ठित गर्ने काम राज्य पक्षबाट भएको आरोप समेत लगाउनु भयो ।
“सामmेदारी बन राष्ट्रिपती चुरे संरक्षण लगाएतका कार्यक्रमहरु ल्याएर सामुदायीक बनहरुलाई ओझेलमा पार्न खोजिएको छ ,यो गलग कार्य हो ” उहाले भन्नुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै बन बिभागका महानिर्देशक गौरी शंकर तिमिल्सिनाले सामुदायीक बन र बन बिभाग संग संगै अधि बढिरहेको बताउनुभयो ।
पछिल्लो समय ल्याईएको बैज्ञानीक बन ब्यवस्थापन कार्यक्रम मार्फत बनक्ष्ँेत्रको बैज्ञानीक ब्यवस्थापनमा बन मन्त्रालय लागी परेको उहाले बताउनु भयो ।
कार्यक्रममा केन्द्रिय कार्य समितिका कोषाध्यक्ष मञ्जु मलासी, राष्ट्रिय सचिवालय सदस्य ठाकुर भण्डारी ,राष्ट्रिय कार्य समिति सदस्य छत्रराज पौडेल,जिल्ला बन कार्यलय का बन अधिकृत विजय सुवेदी लगाएतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम सामुदायीक बन उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्ष्ँतामा भएको थियो भने कार्यक्रमको संचालन ज्ञान प्रसाद डुमे्रले गर्नु भएको थियो ।
Post a Comment