Sunday, August 28, 2016

गाँजा सहित एक जना पक्राउ

कावासोती, १२ भदौ । कावासोतीमा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरले ९ सय ग्राम गाजा सहित कावासोती नगरपालिका २ निवासी लेखबहादुर रानालाई पक्राउ गरेको हो ।
बाटोमा हिडिरहेको रानालाई शंका लागि चेक जाँच गर्ने क्रममा गाजा फेला परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनीसंग विक्रीका लागि तयार पारिएको गाँजाको पोकाहरु बरामद गरिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal