पाल्पा–१४ भदौ
अखिल क्रान्तिकारीले गत बुधवार न्यू होराइजन माध्यमिक विद्यालयका शिक्षक होमराज बस्यालले कक्षा ५ मा अध्यनरत विद्यार्थी सुदिप भट्टराईलाई अभद्र तवरले कुटपिट गरेको विषयमा विद्यालयमा सचेतनापत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष राजकुमार पन्थी सहितको विद्यार्थीले बुझाएको सचेतना पत्रमा अहिलेको २१ औं सताव्दीमा बालमनोविज्ञानलाई ध्यानमा राखी र बालमैत्री वातावरणमा शान्तिपूर्ण तवरले अध्ययन अध्यापन गराउनुको साटोमा अमर्यादित ढंगले कुटपिट गर्ने गर्दा अन्य विद्यार्थीको समेत मस्तिस्कमा प्रभाव पार्ने र अध्ययन अध्यापनमा समेत गम्भिर असर पुग्ने देखिएकोले त्यस्ता शिक्षकलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत हाम्रो संगठन माग गर्दछ भनिएको छ ।
यस्तो घटना घट्दा यस विषयमा मिडियामा नल्याउन समेत अभिभावकलाई घम्कि दिएको र बालबालिकाको मनोविज्ञानमा समेत असर पुग्ने खालका गतिविधि गरेकाले त्यस्तो गतिविधि रोक्न समेत प्रशासन संग जोडदार मागसमेत गरेको छ ।
संगठनले विद्यायलयका सम्बन्धमा भए गरेका अननियमिता, आफुखुसी र मनोमानीका सम्बन्धमा व्यापक जनगुनासो अविभावकहरुबाट आएकोले ९ सुत्रिय मागपत्र समेत पेश गरेको छ । जसमा भनिएको छ ः विद्यार्थी संगठन र प्याव्सनबीच पटक–पटक भएका सम्झौंताहरु कार्यान्वयन गर्न, होस्टेलमा ट्युशन र कोचिङ्गशुल्क, सेवाशुल्क लगायतका अतिरिक्त शुल्क अग्रिम रुपमा व्यक्तिगत रुपमा लिने गरेकाले, कक्षा सिकाई व्यवस्थित नगरी अनिवार्य रुपमा अनावश्यक ट्युशन र कोचिङ्ग कक्षा संचालन गर्ने गरेकोले ध्यानाकर्षण गराउन सचेतना पत्र दिइएको हो ।
यस्तै पत्रमा विद्यार्थी मैत्री पहेंलो बसको व्यवस्था नगरी असुरक्षित रुपमा यात्रा गर्न बाध्य पारिएको, आफूखुसी रुपमा लिइएको बढी शुल्क, सेवा शुल्क लगायतका शुल्क वृद्धि तत्काल फिर्ता गर्नुपर्ने, अभिभावकलाई छलेर कृतेगरी बढाइएको १५ प्रतिशत शिक्षण शुल्क फिर्ता गर्नुपर्ने माग गरेको छ ।
विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई शिक्षा ऐन र नियमावली विपरित कम सेवा शुल्क दिने गरेकोले ऐन, नियमावली अनुसार तलब भत्ता दिनुपर्ने, भर्ना अभियानमा निशुल्क बस सेवा भनेर विद्यार्थी तानिएको तर अहिले आएर पैसा तिर्न बाध्य पारिएको,कमिशनको खेलमा पाठ्यक्रम विकास केन्द्रमा सूचिकृत नभएको विज्ञान विषयको पाठ्यपुस्तक लागु गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको जिल्ला अध्यक्ष राजकुमार पन्थीले बताए ।
अखिल क्रान्तिकारीले गत बुधवार न्यू होराइजन माध्यमिक विद्यालयका शिक्षक होमराज बस्यालले कक्षा ५ मा अध्यनरत विद्यार्थी सुदिप भट्टराईलाई अभद्र तवरले कुटपिट गरेको विषयमा विद्यालयमा सचेतनापत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष राजकुमार पन्थी सहितको विद्यार्थीले बुझाएको सचेतना पत्रमा अहिलेको २१ औं सताव्दीमा बालमनोविज्ञानलाई ध्यानमा राखी र बालमैत्री वातावरणमा शान्तिपूर्ण तवरले अध्ययन अध्यापन गराउनुको साटोमा अमर्यादित ढंगले कुटपिट गर्ने गर्दा अन्य विद्यार्थीको समेत मस्तिस्कमा प्रभाव पार्ने र अध्ययन अध्यापनमा समेत गम्भिर असर पुग्ने देखिएकोले त्यस्ता शिक्षकलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत हाम्रो संगठन माग गर्दछ भनिएको छ । यस्तो घटना घट्दा यस विषयमा मिडियामा नल्याउन समेत अभिभावकलाई घम्कि दिएको र बालबालिकाको मनोविज्ञानमा समेत असर पुग्ने खालका गतिविधि गरेकाले त्यस्तो गतिविधि रोक्न समेत प्रशासन संग जोडदार मागसमेत गरेको छ ।

Post a Comment