लक्षित वर्गको लक्षित वर्गलाई नसोधी रकम कटौती गरिएको भन्दै असन्तिुष्टि
रामकुमार श्रेष्ठ
नवलपरासी, २८ भदौ । नवलपरासीको कावासोती नगरपालिकाले सरोकारवाला कसैलाई पनि खबर नगरी विशेष नगरपरिषद गर्दै छ । सर्वदलीय प्रतिनिधि र वडा नागरिक बाहेक अरुलाई खबर नै नगरी कावासोती नगरपालिकाले आज सुटुक्क विशेष नगरपरिषद गर्न थालेको हो ।
कवासोती नगरपालिकाको अघिल्लो परिषदबाट पारित गरेको बजेट भन्दा कम रकम आएको भन्दै नगरपालिकाले विशेष नगरपरिषद गर्न थालेको हो । नगरपरिषद गर्नु अघि राजनीतिक दलका प्रतिनिधिहरुबीच बजेटको दलीय भागवण्डा मिलाउन पटक पटक वैठक बसेको थियो ।
आदिवासीबासी जनजाति महासंघ कावासोती समन्वय परिषदका अध्यक्ष देवीसरा पुलामीले लक्षित वर्गका लागि आएको रकम लक्षित वर्गका अगुवासंग सरोकार नै नराखी कटौती गरेको सुन्नमा आएको बताइन् ।
कावासोती नगरपालिकाका कार्यकारी निर्देशक हरिलाल पुरीले विशेष नगरपरिषद भएकोले कसैलाई नबोलाएको बताए । उनले सार्वजनिक चासोको विषयमा सरोकारवालालाई खबर गर्न पर्ने थियो भन्नेमा विशेष नगरपरिषदमा कहि कतै पनि नबोलाइने र बोलाउंदा धेरै हुनेभएकोले नबोलाएको भन्दै पन्छिए ।
नेकपा माओवादी केन्द्रका कावासोती नगरपालिकामा प्रतिनिधि गर्ने चेतनाथ पोख्रेलले ६०÷४० को बजेट कम्तिमा एउटा वडामा एउटा नछुटोस् भन्ने हिसावले छनौट गरिएको बताए । स्रोतका अनुसार यस्ता योजना पनि पहुँच भएका नेता र तिनका आसपासका गाउंमा मात्रै पारिएको छ ।
नेकपा क्रान्तिकारी माओवादीका प्रतिनिधि पिताम्बर तिवारीले बजेट कम भएर आएकोले सर्वदलिय वैठक गरिएको बताए ।
Post a Comment