रवि पाण्डे
नवलपरासी । नवलपरासी बर्दघाटका युवा सुनचांदी ब्यवसायी राजेन्द्र सुनारका परिवारले दिंवगत छोरा शौरभको जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् । दिंगवत छोराको ११ औं जन्मदिनको स्मृतिमा सुनार परिवारले सिद्धार्थ बाल गृह भैरहवाका बालबालिकाहरुलाई शनिवार सहयोग गरेका हुन् ।
सुनार परिवारले स्वर्गीय छोराको स्मृति गर्दै बालगृहका २८ जना बालबालिकाहरुलाई आफ्नै हातले पकाएर पोषणयुक्त खाना समेत खुवाएका थिए ।
बालगृहका अनाथ बालबालिकाहरुको रोजाई अनुसार उनीहरुलाई आफैले खाना बनाएर खुवाएको सुनारले जानकारी दिए । तीजको दर खुवाउने दिनमा भएको सो कार्यक्रमबाट बालबालिकाहरु खुसी भएका थिए । उनीहरुले अनाथ बालबालिकालाई खाना खुवाउनुका साथै दाल तेल र ग्यास समेत बाल गृहलाई सहयोग गरेका थिए ।
बर्दघाटका युवा ब्यवसायी सुनार परिवारले बालगृहलाई ३० हजार रुपैया बराबरको आर्थिक खर्चका थिए । सुनार त्रिवेणी सामुदायिक टेलिभिजनका कोषाध्यक्ष समेत रहेका छन् ।


Post a Comment