Tuesday, September 13, 2016

बकरईद पर्व मनाइयो

परासी २८ भदांै । मुस्लिम समुदायको दोश्रो महान पर्व बकरईद (ईदुलअज्हा) आज देशभरीका मुस्लिमहरुले मनाएका छन् । मुस्लिम धमावलम्बी अनुसार बकरईद पर्व वर्षौं देखि मनाउदै आएको छ । यो पर्व प्रत्येब वर्ष आरबी हिजरीको १२आंै महिनाको १० तारिखका दिन यो पर्व मनाईने गरिन्छ । यो पर्व लागातार तिन दिनसम्म मनाईन्छ ।
पर्वमा सबै मुस्लिम वर्गहरुले ईदगाहमा एकट्टा भई नमाज पढने र एकअर्कालाई अन्गालो लगाउदै मुबारकबाद समेत दिने गर्दछन् । यो पर्व खास गरि पैगम्बर हजर ईबराहिम अलैहे सलामले दिएको कुरर्बानीका यादलाई ताजा गर्ने उद्देश्यले आजदेखि तिन दिनसम्म खशी,बोका,पाडा काटने प्रचलन छ ।
खशीबोका काटेपछि गाउँघरका सबै मुस्लिम वर्गहरु मिली खाने खुवाउने कार्य समेत गरिने मुस्लिम धर्मावलम्बी सैयद गुलाम हुसैनले बताउनु भयो । यसै महिनामा सम्पन्नशाली व्यक्ति साउदी अरबीयाको मक्कामदिना गई हज समेत गर्ने गरेको धर्मावलम्बीहरु हुसैनले बताउनु भयो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal