शिव डुम्रे

बुटवल । ‘विप्लव’
नेतृत्वको नेकपा (माओवादी)को लुम्बिनी व्यूरो अन्तर्गत राजनैतिक तथा
बैचारिक प्रशिक्षण सम्पन्न भएको छ । पछिल्लो केन्द्रिय समितिको बैठकले
निर्णय गरेअनुसार सबै व्यूरोमा गरिने राजनैतिक तथा बैचारिक प्रशिक्षण
लुम्बिनी व्यूरोको बुटवलस्थित सम्पन्न भएको हो । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं पश्चिम कमाण्डका प्रमुख हेमन्तप्रकाश वली क. सुर्दशनले विशेष प्रशिक्षण दिएका थिए । पार्टीका आन्तरिक तथा बाह्य स्थितीको विषयमा गम्भीर विश्लेषणसहितको प्रशिक्षणमा बौल्दै वलीले, क्रान्तिको आधारभूत तयारी भैसकेको र यी प्रशिक्षणहरु समेत त्यसैको तयारी रहेको बताए । उनले पार्टीको सिद्धान्त, कार्यदिशा लगायत सर्वहारा सांस्कृतिक क्रान्ति, बैज्ञानिक समाजवाद, राज्यसत्ताप्रतिको दृष्टिकोण, राजनीतिक कार्यदिशा, पार्टी निर्माण, अन्तराष्ट्र्रिय परिस्थिती, पार्टीको अनुकुल अवस्था र प्रतिकुल अवस्था, संश्लेषण, धुव्रिकरण र एकता प्रक्रिया एवम महाधिवेशन लगायतका विषयमा गम्भीर ढंगले समिक्षा गर्नुको साथै सैद्धान्तिक प्रशिक्षण समेत दिएका थिए । एकिकृत जनक्रान्ति का आधारभूत स्रोत र तत्वहरु साथै दस्ताबेजको विष्यामा नयाँ परिस्थिती र ऐतिहासिक जिम्मेवारीका विषयवस्तु लाई समेत सरल ढंगले व्याख्या गरेका वलीले आगामी महाधिवेशनसम्म पार्टीलाई सांगठनिक ढंगले मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । त्यस्तै कार्यक्रमका अध्यक्ष पार्टीका केन्द्रिय सदस्य एवं लुम्बिनी व्यूरो सदस्य चन्द्रबहादुर चन्द विरजंगले लुम्बिनी व्यूरोले पार्टीका केन्द्रिय कार्यक्रमलाई दृढताका साथ लागू गरेको साथै व्यूरोको मौलिकतामा नयाँ कार्यक्रमहरुसहित लागेको समेत बताए । उनले पार्टीमा कार्यकर्ता धेरै भएपनि काम सुस्त भएको भन्दै सबैले आफ्नो तहबाट ईमान्दारीताका साथ काम गर्नसमेत निर्देशन दिएका थिए ।
लुम्बिनी व्यूरोका रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा र अर्घाखाँचीका जिल्ला सदस्य स्तरका नेता कार्यकर्ताहरुलाई गरिएको राजनैतिक तथा बैचारिक प्रशिक्षणको सञ्चालन कपिलवस्तु सेक्रेटरी संगमले गरेका थिए भने स्वागत नवलपरासी सेक्रेटरी क. जुझारुले गरेका थिए ।
Post a Comment