Monday, September 26, 2016

लुम्बिनीका ६ जिल्लामा माओवादीको विरोध प्रर्दशन ।

शिव डुम्रे
बुटवल, असोज १० । नेकपा (माओवादी)ले केन्द्रिय संघर्षको कार्यक्रम अन्तर्गत आज देशभर विरोध प्रर्दशन गरेको छ । खाद्य सम्प्रभुता एवंम जनजीविकाको विषयलाई लिएर केही समय अगाडीदेखी माओवादीले विरोधका कार्यक्रमहरु गर्दै आएको थियो ।
यता लुम्बिनी व्यूरो अन्तर्गतका छवटै जिल्लाका विभिन्न सहरहरुमा समेत विरोध प्रर्दशन भएका छन् । रुपन्देहीको बुटवलमा भएको विरोध प्रदर्शनमा बोल्दै नेकपा (माओवादी)का केन्द्रिय सदस्य एवंम व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले, जनतालाई सहुलिय मुल्यमा उपभोग्य खाद्य सामग्रीहरु सहज रुपमा वितरण गराउनुपर्ने बताए । उनले देशका केही व्यापारीहरुले कालोबजारी गर्ने र महंगी बढाउने प्रति सरकार मुकदर्शक बनेको भन्दै यसप्रति आफ्नो पार्टीले आन्दोलन अगाडी बढाउने बताए । उनले भने, जनताको जीवनसँग जोडिएका र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयबस्तु भएको हुँदा यसप्रति गम्भीर बन्नुपर्ने उनको भनाई थियो । त्यस्तै विरोध कार्यक्रममा रुपन्देहीका सेक्रेटरी सरद ओली, नवलपरासीमा सेक्रेटरी जुझारु, कार्यालय सदस्यद्धय मंगसेन, डा.शिवशंकर बस्याल, कपिलवस्तुमा सेक्रेटरी संगम, पाल्पाको तानसेन मा सेक्रेटरी धिरज राना, गुल्मीको तम्घासमा सेक्रेटरी विष्णु पन्त, अर्घाखाँचीमा सेक्रेटरी सुमन लगायतले सम्बोधन गर्दै आम जनतालाई आन्दोलनमा गोलबन्द्ध हुन आब्हान गरेका थिए ।
 माओवादीले जनताको ढाडँ सेक्नेगरी आकाशीयको मुल्यबृद्धिको विरोध गर्दै कात्र्तिक २५ गते १ घण्टे चक्काजाम (९–१० बजे) र कात्र्तिक २८ गते नेपालबन्दको घोषणा गरेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal