२३ सेप्टेम्वर, २०१६
दोहा, कतार । थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा “जातिय पहिचानको संरक्षण प्रवर्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मुल नाराका साथ प्रथम जितिया महोत्सव तथा थारु मिलन समारोह २०१६ भव्यताका साथ सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा कतार च्याप्टरका उपसभापति सत्यनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन महामन्त्री भगवती प्रसाद चौधरीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरी रहनु भएको थियो ।
विशेष अतिथिहरुमा एनआरएनए एनसीसी कतारका अध्यक्ष विनेश तामाङ, थारु कल्याणकारिणी सभा नेपालका पुर्व केन्द्रिय सदस्य राम लगन चौधरी, महासंघ कतारका विशेष सल्लाहकार दिल किरण खजुम, सल्लाहकार सुक वहादुर तामाङ, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, किरात याक्थुङ चुम्लुङका द्धितिया उपाध्यक्ष हर्क खजुम, तमु गुरुङ समाजका सचिव तेज गुरुङ, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष थर्चा लामा, भुजेल प्रवासी सेवा समाजका उपाध्यक्ष मीलन भुजेल, सुनुवार सेवा समाजका सल्लाहकार पुरुशोत्तम सुनुवार, माझी सेवा समाजका उपाध्यक्ष भरत माझी, नेपाल पत्रकार महासंघका सभापति गणेश वञ्जाडे रहेका थिए । त्यस्तै गरी समाजसेवी तथा वुद्धिजिवीहरुमा चानक पोखरेल, हुसेन खान, शनी कुमार ओली, रामहरी गैह्रे, महम्मद मुक्तादा, अव्दुल वासिद, हरि वहादुर महतो, सर्लाही सेवा समाजका महासचिव सुजन वराल, थारु कल्याणकारिणी सभाका सल्लाहकारहरु देवकान्त चौधरी, भीमनारायण चौधरी, जयनारायण चौधरी, प्रथम जितिया महोत्सव तथा थारु मिलन समारोहका संयोजक अरविन्द्र कुमार चौधरी, उपसंयोजक चाँदनी चौधरी रहेका थिए ।
राष्ट्रिय गीतवाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि सीयाराम चौधरीले दिप प्रज्वलन गरी औपचारिक रुपमा उदघाटन गर्नु भएको थियो । कार्यक्रमा संस्थाका सदस्य श्यामलाल चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो । जितिया पर्वको वारेमा सदस्य शान्ति चौधरीले मिठो भाषमा प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथि सियाराम चौधरीले जितिया पर्वको शुभकामना दिदैं थारु जाति भुमीपुत्र मात्र नभई भुमीपती भएको वताउदै अहिले आएर भुमिहिन कम्लरी सम्म भएको प्रसंग कोटयाउदै राज्यले उनीहरुको उचित व्यावस्था गर्नु पर्ने वताउनु भयो । चौधरीले थारु समुदायको उत्थानको लागि शैक्षिक जनचेतना फैलाउनु पर्ने वताउदै शिक्षा क्षेत्रमा जोड दिनु भयो । विशेष अतिथि एनआरएनए एनसीसी अध्यक्ष विनेश तामाङले एनआरएनएले सवै रािष्ट्रय चाड पर्वहरुलाई समानढंगले मनाउदै आएको वताउदै एनसीसी कतार एकमात्र यस्तो एनसीसी हो जसले विगत देखि आदिवासी जनजाति तथा मुस्लिमहरुको राष्ट्रिय चाडपर्वहरु मनाउदै आएको प्रष्ट पार्नु भयो । उहाले सामाजिक संघसंस्थाहरु वीच एकआपसमा सहकार्य गर्नु पर्ने वताउदै एकतामा जोड दिनु भयो ।
थारु कल्याणकारिणी सभा नेपालका पुर्व केन्द्रिय सदस्य राम लगन चौधरीले जितिया पर्वको वारेमा प्रकाश पार्दै थारु जाति सामाजिक विभेदमा परेकोले शैक्षिक जागरण ल्याउनु पर्ने खाँचो औल्याउनु भयो । महासंघ कतारका विशेष सल्लाहकार दिल किरण खजुमले आदिवासी जनजाति समुदाय भित्र शिक्षामा थारु जाति निकै अगाडी रहेकोेले ईञ्जीनियर देखि डाक्टर सम्म रहेको वताउदै देश निर्माणमा महत्वपुर्ण देन रहेको वताउनु भयो । शुभकामना दिनेहरुमा महासंघका सल्लाहकार सुक वहादुर तामाङ, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष थर्चा लामा, समाजसेवी तथा वुद्धिजिवीहरु चानक पोखरेल, हुसेन खान, सनी कुमार ओली, रामहरी गैह्रे, महम्मद मुक्तादाले शुभकामना दिएका थिए ।
कार्यक्रममा कलाकारहरु अरुण कुमार चौधरी, घनश्याम चौधरी, चान्दनी चौधरी, माईकल चौधरी, दिल मरस्याङदी मगर, धर्मेश, अञ्जना तामाङ, जुना तामाङ, निर्मला लकान्द्री, शिवनारायण चौधरी, शिव कुमार चौधरी, पार्वती चौधरी, उपेन्द्र चौधरीले थारु संस्कृतिमा आधारित सामुहिक तथा एकल नृत्य वेजोड प्रस्तुती गरेका थिए । कार्यक्रमको वीचवीचमा नेपाली गीत तथा संगीतको माध्यमवाट कलाकारहरुले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । सो अवसरमा २२ औं विश्व आदिवासी दिवसको अवसरमा सहभागी कलाकारहरुलाई प्रमुख अतिथि सियाराम चौधरी र विशेष अतिथि विनेश तामाङले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए । स्मरण रहोस प्रवासमा पहिलो पटक जितिया पर्व कतारमा मनाएको हो । अन्त्यमा कार्यक्रमका सभापति सत्यनारायण चौधरीले सवैलाई धन्यवाद दिदैं कार्यक्रम औपचारिक रुपमा समापन गर्नु भएको थियो ।



Post a Comment