सीता सापकोटा
नवलपरासी, १३ असोज । नवलपरासीको कावासोती नगरपालिका १२ पिठौलीमा रहेको लक्ष्मीनारायण वृद्धाश्रम मन्दिरमा रहेका २० जना वृद्धवृद्धालाई विहीबार सम्मान गरिएको छ ।
ओम ज्योति विन्दु ट्रष्टले वृद्धवृद्धालाई नगद र फलफूल वितरण गरेर सम्मान गरेको हो । यो संस्थाले यहा“का वृद्धवृद्धालाई हरेक बर्ष नगद, खाद्यान्न दिएर सहयोग गर्ने गर्दछ ।
ट्रष्टका अध्यक्ष विन्दु केसीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष रामशरण महाराजा, ओमकला गौतम, सृजना गैरे, महेन्द्र वस्ताकोटी, वालकृष्ण घिमिरे, मुकुन्द भट्टराई, शारदा अधिकारी, सरस्वती तिमिल्सिना, लिला थनेत, खिना भुसाल, दुर्गा रिजाल लगायतले बोलेका थिए ।
Post a Comment