Friday, September 9, 2016

कावासोतीमा सेलर्डको कानुनी शिविर

कावासोती, २४ भदौ । नवलपरासीको कावासोतीमा एक दिने कानूनी शिविर सम्पन्न भएको छ । कानुन अन्वेषण तथा विकास केन्द्र सेलर्डको आयोजनामा तथा युके एड र सर्च फर कमन ग्राउन्डको सहकार्यमा न्यायमा पहुच नभएकाहरुलाई  न्यायमा पहुँच बनाउनका लागि  सिविर  आयोजना भएको हो ।
नेपाल बार एसोसीयसनका अध्यक्ष्य चेतप्रसाद शर्मा डुम्रे, नेपाल वार एसोसीएसनका उपाध्यक्ष्य सरस्वती शर्मा, अधिवक्ता मित्रलाल लामिछाने र अधिवक्ता कृष्णप्रसाद सिग्देलले  सर्बसाधरणालाई कानूनी परामर्स दिनुभएको हो ।
चार वटा परामर्स डेक्स स्थापना गरी सर्वसाधरणहरुले क्रमिक रुपमा आफ्ना समस्या राखेका थिए । अधिकाम्सले घरेलु हिंसा, अंशबन्डा, जग्गाको सिमा विवाद लगायतका समस्या राखेको नेपाल वार एसोसीएनका अध्यक्ष्य चेतप्रसाद डुम्रेले जानकारी दिनुभयो ।
न्याय र सुरक्षा एकसाथ लैजानकालागी तथा मिमान्तकृत समुदायलाई न्याएमा पहँच पुर्याउनकालागी कार्यक्रमको आयोजना गरीएको सेलर्डका क्षेत्रीय निर्देशक सिताराम अधिकारीले बताउनुभयो ।
यस्तै कार्यक्रमलाई अझ सशक्त ढङ्गले  अगाडि बढाउने तयारी भईरहेको सर्च फर कमण्ड ग्राउनडका पश्चिमाञ्चल व्यावस्थापक जिवन्त वाग्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा ६० जना सर्बसाधरणहरुले परामर्श लिएका थीए । सामुदायिक मेलमिलाप समाज कावासोती नगर अध्यक्ष्य खेम प्रसाद काफ्लेको अध्यक्ष्यतामा भएको कार्यक्रममा नेपाल वार एसोसीएसनका जिल्ला अध्यक्ष्य चेतप्रसाद डुम्रेको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, महिला संजालका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
न्याय र सुरक्षा एकसाथ लैजानका लागि तथा सिमान्तकृत समुदायलाई न्यायमा पहुँच पुर्याउनका लागि कार्यक्रमको आयोजना गरीएको सेलर्डका क्षेत्रीय निर्देशक सिताराम अधिकारीले बताउनुभयो ।
यस्तै कार्यक्रमलाई अझ शसक्त ढङ्गले अगाडि बढाउने तयारी भईरहेको सर्च फर कमण्ड ग्राउनडका पश्चिमाञ्चल व्यावस्थापक  जिवन्त  वाग्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा ६० जना सर्वसाधरणहरुले परामर्श लिएका थिए ।
सामुदायिक मेलमिलाप समाज कावासोती नगर अध्यक्ष्य खेम प्रसाद काफ्लेको अध्यक्ष्यतामा भएको कार्यक्रममा नेपाल वार एसोसीएसनका  जिल्ला अध्यक्ष चेतप्रसाद डुम्रेको प्रमुख आथीत्यता रहेको थियो । कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, महिला संजालका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal