Friday, September 9, 2016

माथिल्लो कर्णाली खारेजीको वैद्य माओवादीको विरोध सभा

सीता सापकोटा

कावासोती, २४ भदौ । माथिल्लो कर्णाली खारेजीको माग गर्दै नेकपा क्रान्तिकारी माओवादी नवलपरासीले कावासोतीमा प्रदर्शन गरेको छ ।
देशभर प्रदर्शन गर्ने क्रममा माओवादीले कावासोतीमा पनि विरोध प्रर्दषन गरेको हो । कावासोतीमा शुक्रबार सभापति चोकबाट फलफूल चोकसम्म र्याली समेत गरेका थिए ।
र्याली पछि आयोजित कोण सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले माथिल्लो कर्णाली राष्ट्रिय हित विपरित भएकोले तत्काल खारेज गर्नु पर्नेमा जोड दिनुभयो ।
सस्तोमा धेरै विद्युत उत्पादन गर्न सकिने माथिल्लो कर्णालीलाई महंगोमा थोरै विद्युत उत्पादन गर्ने गरी दिएको भन्दै माओवादीले त्यसको विरोध गरेका हुन् ।
कावासोती फलफूल चोकमा भएको कार्यक्रममा जिल्ला सेक्रेटरी क्षेत्रबहादुर थापा, क्रान्तिकारी युवा लिगका अवध राज्य संयोजक उत्तम थापा लगायतले बोलेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal