Thursday, September 8, 2016

नवलपसरासीमा सरकारी कार्यलयको विद्युत महसुल. भुगतानीमा लाखौं रुपैया बांकी, केही कार्यालयको लाईन काटियो

गोपी ज्ञवाली

नवलपरासी, २४ भदौ । विद्युतको महसुल भुगतानी नगरेका सरकारी कार्यालयको विद्युत लाईन काटिएको समाचार आईरहदा नवलपरासीमा विद्युत महसुल नबुझाउने दर्जनौं सरकारी कार्यालयहरुबाट लाखौं रुपैया महसुल भुगतानी गर्न बाकी रहेको पाईएको छ ।
नवलपरासीको परासी वितरण केन्द्र अन्तर्गत रहेका दर्जनौं सरकारी कार्यलयहरुबाट ५३ लाख ६२ लाख ९ सय ९७ रुपैया एवं निजी क्षेत्रबाट ४९ लाख ७० हजार ९ सय ४५ गरि जम्मा ९२ लाख ३३ हजार ९ सय ४२ रुपैया विद्युत महसुल उठन बांकी रहेको परासी विद्युत वितरण केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद अग्रहरीले बताउनु भयो ।
जिल्लामा विद्युत महसुल नबुझाउनेहरुमा सबै भन्दा निजी भन्दा सरकारी कार्यलयहरु रहेको विद्युत प्राधिकरण परासी केन्द्रले जनाएको छ । विद्युत महसुल नतीर्ने सरकारी कार्यालयहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत प्रहरी चौकी कार्यालयहरु, स्वास्थ्य चौकी, उपस्थास्थ चौकी, भहेशपुर छोटी भन्सार कार्यालय, कुडिया, नर्सही, जहदा, पन्चनगर, लिकपुर, जमुनिया, रामनगर लगाएतका दर्जनौ गाविस कार्यलयहरु, परासी स्थित जिल्ला स्वाश्थ्य कार्यालय, पशु सेवा कर्यालय, आयुर्वेदिक कार्यालय, जिल्ला बन कर्यालय अन्तर्गतका रेन्ज पोष्टहरु, स्कुल विद्यालय लगाएतका दर्जनौं सरकारी कार्यालयहरुले विद्युत महसुल नबुझाएको विद्युत प्राधिकरण परासी केन्द्रले जनाएको छ ।
विद्युत महसुल नबुझाउनेहरु प्रति कडाईका साथ जाने सरकारको निर्देशन पछि जिल्ला प्रशासन कार्यालय, जिल्ला बन कार्यालय, केही स्वाश्थ्य चौकी एवं अन्य केही सरकारी कार्यालयका विद्युत लाईन काटिएको छ भने केही निजि क्षेत्रको समेत विद्युत लाई काटिएको विद्युत कार्यालयले जनाएको छ ।
विद्युत महसुल नबुझाउने सरकारी एवं निजी क्षेत्रलाई विद्युत कर्यालयले कडाई गरिरहेको अवश्थामा नवलपरासीको दक्षिणी क्षेत्रमा विद्युत मिटर नलगाई विद्युत चारी गरि विद्युत बाल्नेहरुको पनि ठुलो समस्या रहेका छ ।
यसै गरि जिल्लाको सहायक  सदरमुकामको रुपमा रहेको कावासोती  विद्युत केन्द्रलो समेत विद्युत कटौती शूरु गरेको भए पनि कावासोती विद्युत वितरण केन्द्र अन्तर्गत सरकारी कार्यालयहरुबाट २६ लाख ८१ ह्जार २ सय ३८ एवं निजी क्षेत्रबाट १ करोड भन्दा बडि गरि जम्मा १ करोड २६ लाख भन्दा बडि विद्युत महसुल भुगतानी गर्न बांकी रहेको विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख उमेशा कुमार यादवले बताउनु भएको छ । विद्युत महसुल भुगातानि नगर्नेहरुमा नवलपुर क्षेत्रमा सबै भन्दा बडि स्थवाश्थ्य कर्यालय हरु रहेको पाईएको छ । विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले विद्युत महसुल नबुझाउने करिब आधा दर्जन सरकारी कार्यालयको विद्युत काटेका जनाएको छ । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal