कावासोती, १० असोज । नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगल सोमबार दिउंसो भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
घाइते ६ जनाको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगलमा पूर्वबाट पश्चिम जांदै गरेको लु १ ख ६९ ३३ न. को बस अनियन्त्रित भई रोकिराखेको ना ४ ख ५०१० नम्बरको ट्रकसंग ठक्कर खांदा दुर्घटनामा परी एक जनाको घटना स्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी बारा जिल्लाको तेराकट्टी बस्ने २५ बर्षीय संदिप शर्माको घटना स्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका नवलपरासीको वेनिमणिपुर सर्दी निवासी ६० बर्षीय खेमबहादुर चौधरी, दुम्किबास ५ निवासी ४८ बर्षीय रुपा परियार, अर्घाखाची निवासी २५ बर्षीय दिनेश मरासिनी, चितवनको भरतपुर उपमहानगरपालिका निवासी २६ बर्षीय सलिना गुरुङ र रुपन्देहीको खैरहनी निवासी ३१ बर्षीय अनिता सुनारको भरतपुरमा उपचार भईरहेको छ । बस र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

Post a Comment