Thursday, September 29, 2016

कावासोतीमा शैक्षिक मेला


नवलपरासी, १३ असोज । 

नवलपरासीको कावासोतीमा विहिवारबाट शैक्षिक मेला शुरु भएको छ । 
तीन दिनसम्म चल्ने मेलाको विहीबार औपचारिक उद्घाटन गरिएको हो ।  
मेलाको कावासोती नगरपालिकाका नगर विकास समिति अध्यक्ष नारायण तिमिल्सिनाले उद्घाटन गरेका थिए । 
मेलामा शैक्षिक संस्थासंग सरोकार राख्ने २३ वटा स्टल रहेका छन् । विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको मेलामा विदेशमा लिन सकिने शिक्षा सम्बन्धि परामर्श दिइएको छ । 
वेष्ट मिडियका नविन पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शैक्षिक क्षेत्रका प्रतिनिधि लगायतले शुभकामना दिएका थिए ।
मेलाको रेडियो कावासोतीले प्रत्यक्ष प्रशारण गरेको थियो। मेलामा वक्तित्व कला प्रतियोगिता समेत हुनेछ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal