कावासोती, २५ कात्तिक । नवलपरासीको कावासोती र बर्दघाटमा आज एक साथ दुई महोत्सव सञ्चालन हुंदै छ । कावासोतीमा आजदेखि हुने महोत्सवको परराष्ट्रमन्त्री प्रकाशशरण महतले गर्नु हुने छ भने बर्दघाटको कृषि तथा पर्यटन महोत्सवको एमाले सचिव गोकर्ण विष्टले उद्घाटन गर्नु हुने छ ।
नवलपरासीको कावासोतीमा आजदेखि प्रथम देवचुली महोत्सव हुदैछ । देवचुली टेलिभिजनले आफ्नो आठाँै बार्षिक उत्सवको अवसरमा १० दिने महोत्सव आयोजना गर्न लागिको हो ।
कार्तिक २५ देखि मंसिर ४ गते सम्म हुने महोत्सवमा एक सय ७५ वटा स्टलहरु रहेका छन् ।
कला संस्कृति संरक्षण, पर्यटनका आधार, समृद्धिका लागि कृषि तथा उद्योग व्यापार भन्ने नारा सहित कावासोती थानाचोक पछाडीको कावासोती खेल मैदानमा महोत्सव हुनेछ ।
मेलामा स्थानीय कला संस्कृतिको संरक्षण र प्रबद्धन मुख्य उदेश्य रहेको रहेको महोत्सव अबधिमा विभिन्न जातजातिका समूहहरुलाई भेषभूषा र बाजागाजा हस्तान्तरण गरिने महोत्सव मूल समितिका संयोजक केवी रानाले जानकारी दिए । महोत्सवको पहिलो दिन करिव २० हजार मानिसहरु शोभा यात्रामा सहभागि हुने र मेला अबधिभर करिव २ लाख मानिसहरुले अवलोकन गर्ने अपेक्षा लिएको रानाल बताउनुभयो ।
यस्त्ौ बर्दघाटमा पनि आजबाट बर्दघाट उद्योग वाणीज्य संघको आयोजनामा कृषि पयर्टन तथा औेद्योगीक ब्यापार मेला शुरु हुदैछ ।
मेलाको उद्घाटन नेकपा एमाले सचिव एवं पुर्ब उर्जा मन्त्रि गोकर्ण बिष्टले गर्नु हुनेभएको छ । यस अघि उद्योग मन्त्री नविन्द्र राज जोशीले मेला उद्घाटन गर्ने जनाए पनि अन्तीम समयमा गएर नआउने भएपछि मेला उद्घाटनका लागि नेकपा एमाले सचिव एवं पुर्ब उर्जा मन्त्रि गोकर्ण बिष्ट आउने पक्का भएको मेला आयोजक संस्थाका अध्यक्ष्ँ तथा मेला मुल समितिका सयोजक मिनराज शर्माले बताउनु भयो ।

Post a Comment