कावासोती, २५ कात्तिक । २३ वर्ष अघि जबरजस्ति करणी गरेर फरार रहेका एक जनालाई ईलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको कुमारवर्ती गाविस ७ का ४४ वर्षका मायाराम महतो रहेको ईलाका प्रहरी कार्यालय नवलपुरका डिएपि राजेश थापाले बताए ।
उनले २०५० सालमा कुमारवर्तीकै एक बालिकालाई जबजस्ति करणी गरि फरार भएका थिए । उनलाई २०६१ सालमा ४ वर्ष १ महिना २ दिन फैसला समेत भएको थापाले बताए ।
उनलाई बुधवार उनकै घरबाटै पक्राउ गरि जिल्ला कारागार चलान गरिएको छ ।
उनलाई बुधवार उनकै घरबाटै पक्राउ गरि जिल्ला कारागार चलान गरिएको छ ।
Post a Comment