कावासोती, २९ कात्तिक । क्रियाशिल पत्रकार महिला (डब्लु डब्लु जे ) को १० औ स्थापना दिवस नवलपरासी सहित ४२ वटा जिल्ला शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
नवलपरासीमा पनि स्थापना दिवसको अवसरमा विरामिलाई फलफुल वितरण गरिएको छ ।
कावासातीमा रहेको कालीगण्डकी सामुदायिक अस्पताल र ईन्टिग्रेटेड अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको हो ।
क्रियाशिल पत्रकार महिला नवलपरासीका अध्यक्ष धनु भुषालको अध्यक्षतामा भएको कार्यक्रममा क्रियाशिल पत्रकार महिला नवलपरासीका उपाध्यक्ष ज्ञानु पंगेनी , सदस्यहरु रेमु थापा , मुना दाहाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष भुषालले पत्रकारले कलमका माधयमबाट समाजको विकास निर्माणको काम गर्दै आईरहेको भए पनि सस्थाको स्थापना दिवसका अवसरमा सामाजिक काम पनि गरौ न त भन्ने उदेश्यले फलफुल वितरणको कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा कालिगण्डकी असपतालका डाक्टर गोपाल खनालले पत्रकार महिलाहरु पनि संगठित भएर सामाजिक काममा पनि अग्रसर भएको प्रति खुसी व्यक्त गर्दै धन्यावाद ज्ञापन गर्नुभएको थियो ।
क्रियाशिल पत्रकार महिलाको शाखा नवलपरासीमा २०७० सालमा स्थापना भएको थियो । क्रियाशिल पत्रकार महिला नवलपरासीले जिल्लाको सुनवल र बर्दघाट नगरपालिका , तिलकपुर, मनरी र रामनगर गाविसमा महिला हिंसा न्युनिकरणको क्षेत्रमा परियोजना पनि संचालन गर्दै आएको छ ।
खासगरि महिला पत्रकारहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि यस संस्थाले काम गर्दै आईरहेको छ ।

Post a Comment