२९ कात्तिक, । नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ ।
माओवादी भूमिगत जीवनबाट शान्तिकालमा आएपछि पाण्डेले नवलपरासीका इन्चार्ज भएर झण्डै एक बर्ष काम गर्नुभएको थियो ।
उहां अहिले रुपन्देहीको सैनामैनामा वस्दै भएका आउनुभएको थियो । उहां दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिकबाट सभासद् हुनुभएको हो ।
एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा आज विहान निधन भएको हो ।
पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडांडामामा राखिने छ ।
अर्घाखंँचीको अर्घातोष– ५ मा २०११ पुष ५ मा जन्मनुभएका पाण्डेलाई माओवादी समूहभित्र चाचा उपनामले चिनिनुहुन्छ । उहा“ सानैदेखि विद्रोही स्वाभावका हुनुहुन्थ्यो र त्यही विद्रोही स्वाभावकै कारण उहां १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखांचीमा भएको चर्चित हर्रेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बनेका बन्नुभएको थियो ।
उहांले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिष्ट राजनीति शुरु गर्नुभएको थियो । नेकपा माले हुंदै ४० सालमा मोहन विक्रम सिंहको मसालमा प्रवेश गर्नुभएका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोड्नुभएको थियो । मसालमा विद्रोह गरेर तत्कालीन नेकपा माओवादीसंग एकता गर्दा दीनानाथ शर्माको समूहमा उहां पनि हुनुहुन्थ्यो । पार्टीभित्र उनी सधै इमान्दार र निडर नेताका रूपमा चिनिनुभयो ।
संकटकालमा पार्टी नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईलाई कारवाही गर्दा डा. भट्टराई माथिको कारवाही वेठिक हो भनेर सञ्चारमाध्यममा खुलेर बोलेका माओवादीका एक मात्र नेता हुनुहुन्थ्यो । उहांको उक्त अन्तरवार्ता समय साप्ताहिकमा प्रकाशित भएको थियो ।
उहां निरन्तर डा. बाबुराम भट्टराईका विश्वासिलो र निकट नेता मानिनु भएपनि डा. भट्टराईले पार्टी विभाजन गर्दा भट्टराईसंग नभई प्रचण्डसंग नै रहनुभएको थियो ।
पाण्डेका एक छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।

Post a Comment