Wednesday, November 30, 2016

महासंघको सदस्यता सिफारिसमा नवलपरासीमा एकलौटी भएको भन्दै अन्य संगठनको विरोध

रामकुमार श्रेष्ठ


नवलपरासी, १५ कात्तिक ।
नेपाल पत्रकार महासंघ नवलपरासीले सदस्यता छानविनमा एकलौटी गरेको भन्दै नवलपरासीमा कार्यरत विभिन्न पत्रकारसंग सम्बन्धित संगठनहरुले आपत्ति जनाएको छ ।
नेपाल पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष राजकुमार रेस्मी, जिल्ला सदस्य बुद्धिसागर पोख्रेल, रविलाल पाण्डे, प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष हिमालदेव पंगेनी, क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका कार्यवाहक अध्यक्ष घनश्याम पोख्रेल, प्रेस सेन्टर नवलपुरका सचिव अर्जुन अविरल, प्रेस सेन्टर परासीका अध्यक्ष वेनीमाधव बस्याल, प्रेस सोसाइटी नवलपरासी संयोजक हरिषचन्द्र पोख्रेल र क्रान्तिकारी पत्रकार संगठन नवलपरासी संयोजक शिव डुम्रेले संयुक्त रुपमा विज्ञप्ति जारी गरी विरोध गरेको हो ।
नेपाल पत्रकार महासंघ नवलपरासीले कात्तिक १३ गतेसम्मका लागि अन्तिम मिति भन्दै कात्तिक ९ गते नवलपरासीमा सदस्यता आव्हान गरेको थियो ।
जस अन्तरगत १३ गतेसम्म १ सय ४७ जनाको आवेदन परेको जनाएपनि पछि १८ जना थप गरी १ सय ६५ जनाको आवेदन पुर्याएका थिए । छानविन समितिमा रहेका नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष एवम् छानविन समितिका संयोजक विरेन्द्र पराजुली र नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव एवम् छानविन समितिका सदस्य पुरुषोत्तम सुवेदीले छानविन समितिका अर्का सदस्य सागर पोख्रेललाई फाइल समेत नै नदेखाई छानविन गरेको र कार्यसमितिको वैठकमा समेत सदस्यता आवेदनको फारम नै नदेखाई निर्यण पारित गरेका थिए ।
वैठकमा सहभागि कोषाध्यक्ष राजकुमार रेग्मी, सदस्य रविलाल पाण्डे र सदस्य बुद्धिसागर पोख्रेलले वैठकमा लेखिएका निर्णयप्रति असहमति जनाएको वैठकमा सहभागि रविलाल पाण्डेले बताए ।
पत्रकार महासंघ नवलपरासीको वैठक पछि निर्णय समेत कार्यसमितिका कोषाध्यक्ष र दुई सदस्यलाई पढ्न समेत नदिएको उनले बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal