नवलपरासी, १६ मंसिर । नेपाल पत्रकार महासंघको नयां सदस्यता सिफारिसमा अनियमितता भएको भन्दै विहीबार नेपाल पत्रकार महासंघ नवलपरासीको कार्यालयमा तालाबन्दी गरिएको छ ।
नयाँ साधारण सदस्यता वितरणमा तय गरिएको मापदण्ड विपरित बलजफ्ती एकलौटी ढंगले नयाँ साधारण सदस्यताको सिफारिस गरेको भन्दै नेपाल पत्रकार महासंघ नवलपरासीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नेपाल पत्रकार महासंघ नवलपरासीको नयाँ साधारण सदस्यता वितरणमा नेपाल पत्रकार महासंघ नवलपरासीका कार्यवाहक अध्यक्ष एवम् छनौट समितिका संयोजक वीरेन्द्र पराजुलीले छनौट समितिका सदस्य बुद्धिसागर पोखरेल (सागर) लाई बैठकमा समेत सहभागी नवनाई एकलौटी तरिकाले साधारण सदस्यता छनौट गरेको र कार्य समितिले एकलौटी तरिकाले नयाँ सदस्यताको आवेदनमा छानविन नै नगरी केन्द्रमा सिफारिस गरेको भन्ने बिषयको बिरोधमा नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा आज तालाबन्दी गरिएको नेपाल पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष राजकुमार रेश्मीले बताए ।
यसैबीच नयाँ सदस्यता प्रदान गर्दा सबै प्रक्रिया माथि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले छानविन गरी यर्थाथ पत्रकारहरुलाई मात्र नयाँ सदस्यता प्रदान गर्न नेपाल पत्रकार महासंघ नवलपरासी कोषाध्यक्ष राजकुमार रेश्मी, नेपाल पत्रकार महासंघ नवलपरासी कार्यसमिति सदस्य बुद्धिसागर पोख्रेल, नेपाल पत्रकार महासंघ नवलपरासी कार्यसमिति सदस्य रविलाल पाण्डे र प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष हिमालदेव पंगेनी लगायतले माग गरेका छन् ।

Post a Comment