Friday, November 25, 2016

पछिल्लो एक महिनामा बाघको आक्रमणबाट नवलपुर क्षेत्रमा ३ जनाको ज्यान गयो

नवलपरासी, १० मंसिर
पछिल्लो एक महिनामा बाघको आक्रमणबाट नवलपरासीको नवलपुर क्षेत्रमा मात्रै ३ जनाको ज्यान गएको छ ।
आज मात्रै नवलपरासीको दुम्किबास ७ बघुवन निवासी ५१ ब्र्षको अस्मिता मर्साङ्गीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय नया वेलहानीका अनुसार शुक्रवार विहान ९ बजेको समयमा घास काट्न जंगल गएकी मर्साङ्गलिाई ११ बजेतिर विभत्स रुपमा मृत अवस्थामा जंगल गएका अन्य स्थानीयले देखेर पैहरीलाई खबर गरेका थिए । मृतकको शव प्राथमिक स्वाथ्य केन्द्र  चोरमारामा राखिएको छ ।
पछिल्लो एक महिना यता नवलपुर  क्षेत्रमा बाघको आक्रमणबाट ३ जनाको मृत्यु भैसकेको छ  । यसअघि कावासोतीमा एक जना पुरुष र चोरमाराकी एक जना महिलाको बाघले आक्रमण गरेर मृत्यु भएको थियो ।
कावासोती , कोल्हुवा , चोरमारा , दुम्किवास , मैनाघाट , देउराली अरुणखोला लगायतका क्षेत्रमा बाघको आक्रमणको त्रासले स्थानीय पैदल र साईकलमा हिड्न छाडेका छन ।
खासगरि जंगलको बाटो भएर हिड्नुपर्ने यी स्थानका बासिन्दाहरु बाघको त्रासले कि त मोटरसाईकल कि त अन्य सवारीमा मात्रै हिड्ने गरेको मैनाघाटकी स्थानीय अम्बिका भुषाले बताईन ।
ईलाका प्रहरी कार्यालय नवलपुरका डिएपि राजेश थापाले बाघको आक्रमणले नवलपुर क्षेत्रमै त्रास सृजना भएपछि चितवन राष्ट्रिय निकुञ्जलाई नियन्त्रणका लागि जानकारी गराएको बताए । तिनै ठाउमा आक्रमण गर्ने बाघ एउटै हो कि फरक  हो भन्ने यकिन हुन नसकेको थापाले बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal