Friday, November 25, 2016

प्रेस सोसाइटी नवलपरासीमा पोख्रेल

सीता सापकोटा

कावासोती, १० मंसिर । नया शक्ति पार्टी नेपाल निकट पत्रकारहरुको संगठन प्रेस सोसाईटी नेपाल नवलपरासीको घोषणा सभा आज कावासोतीमा भएको छ ।
हरिशचन्द्र पोख्रेलको संयोजककत्वमा १५ सदस्यिय प्रेस सोसाईटी नेपाल नवलपरासीको नया कार्य समिती गठन भएको छ ।
जसको सदस्यहरुमा प्रेमध्यवज गाहा , प्रकाश गिरी , परमानन्द सापकोटा , तुलसी भुषाल हरि प्रसाद गैह्रे , राज कुमार थनैत ,   लङ्कु यादव , चुडामणी भण्डारी , विजय पोख्रेल , शरद खरेल , मनिष गौतम , तुलसी पराजुली गरि १३ जनाको नया कार्य समिती बनेको छ ।  २ जना पछि थप  हुने जनाईएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवम् नया शक्ती पार्टी नेपालका नवलपुर संयोजक टंकमणी शर्माले  नया कार्य समितीको घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा नया कार्य समितीलाई नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष विरेन्द्र पराजुली, क्रान्तीकारी पत्रकार महासंघका केन्द्रिय सचिव रामकुमार श्रेष्ठ, प्रेस सेन्टर नवलपुरका सचिव अर्जुन अविरल नवलपुर एफका प्रबन्ध निर्देशक तिर्थराज भुषाल, क्रियाशिल पत्रकार महिला नवलपरासीका उपाध्यक्ष ज्ञानु पंगेनी, प्रेश चौतारी नवलपरासीका सदस्य दयाराम आचार्य लगायतले शुभकामना मन्तवय व्यक्त गर्नुभएको थियो ।




Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal