नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा प्रथम ऐतिहासिक देवचुली महोत्सव २०७३ हुने भएको छ ।
आउदो फाल्गुन ६ गतेदेखि १६ गतेसम्म देवचुली नगरपालिका १४ दलदले बजारको दक्षिणपट्टी नजिकै रहेको खाली जग्गामा महोत्सव हुने बुधवार दलदलेमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।
देवचुली उद्योग वाणिज्यसंघको आयोजनामा पहिलो पटक महोत्सवको आयोजना गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य संघका अधयक्ष धर्मराज बस्यालले संस्थाको भवन बनाउने र यस क्षेत्रका विद्यालय , विभिन्न सामाजिक संघसंस्था तथा समुदायको विकासका लागि महोत्सवको आयोजना गरिएको बताए ।
महोत्सवमा २ सय वटा स्टल रहने जनाईएको छ जसमा स्थानीय कृषि, लत्ता कपडा , जुत्ता चप्पल , अटो मोवाईल, बाल उद्यान, जस्ता सछलहरु रहनेछन ।
महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रमा रहेको पर्यटकिय क्षेत्र देवचुली डाडाको हेलिकोप्टरबाट अवलोकन, कृतिपुरको मगर होम स्टे, शिख्रौलीमा रहेको होम स्टे र जंगल सफारी जस्ता पर्यटकिय क्षेत्रको अवलोकन रहने उद्योग वाणिजय संघका उपाध्यक्ष कृष्ण गौतमले बताए ।
यस्तै विभिन्न विद्याका ६० जना राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती , सास्कृतिक कार्यक्रम , नृत्य , भजन दोहोरी प्रतियोगिता कविता वाचन प्रतियोगिता तथा उत्कृष्ट खेलाडि , जेष्ठ नागरिक, रोजगारदातालाई सम्मान गरिने पनि जनाईएको छ ।
महोत्सवबाट करीब १ करोण रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको छ भने ४० लाख रुपैया लागत लाग्ने अनुमान गरिएको छ ।
महोत्सवको करीब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान पनि गरिएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment