Monday, December 12, 2016

विद्यालय धान्नकै लागि प्रति घर चारसय

रामकुमार श्रेष्ठ

नवलपरासी (ल्हापे) । नवलपरासीको पहाडी गाविस नरम ७ ल्हापेको लक्ष्मी निमाविमा दरबन्दी अभावका कारण निजी स्रोतका शिक्षकलाई स्थानीयले चौमासिक रकम उठाएर तलब खुवाउने गरेका छन् । ९ जना शिक्षक तथा कर्मचारी रहेकोमा लक्ष्मी निम्न माध्यमिक विद्यालयमा दुई जना प्रा.वि. र १ जना निमाविको दरबन्दी गरी ३ वटा दरबन्दी रहेपनि ६ जना शिक्षकहरुलाई भने निजी स्रोतमा पठाउने गरेका छन् । जसका लागि चौमासिक प्रति घर एक हजार ७ सय रुपैयांसम्म उठाउने गरेको विद्यालयका प्रधानाध्यापक सुरज गुरुङले बताउनुभयो । 
नरम ६ र ७ गरी दुई वटा वडाका ४६ घरका बालबालिकाहरु अध्ययनका लागि आउने यस विद्यालयमा करिब एक सय बालबालिकाहरु अध्ययन गर्ने गर्दछन् । पहाडमा खण्ड खण्ड गरी निर्माण गरिएका छुट्टा छुट्टै भवन रहेको यस विद्यालयमा ९ वटा कक्षा कोठा रहेको छ । यहां बालकक्षा र नर्सरी कक्षा समेत रहेका छन् । रंगरोगनले चिटिक्क पारेर सिंगारिएको यस विद्यालयमा बालमैत्री शौचालय, बालमैत्री धारा, पानी टंकी समेतको व्यवस्था रहेको छ । 
केही बर्ष अघिसम्म ५ कक्षासम्म पढाइ हुने यस विद्यालयका विद्यार्थीहरु कक्षा ६ देखि माथिका कक्षा पढ्न दुई घण्टाको पैदल दुरी पार गरे दुई वटा खोला तरेर जानु पर्ने बाध्यता थियो । असोही क्रममा बालबालिकालाई खोलाले समेत बगाउने गरेकोका कारण निम्न मावि सम्मको कक्षा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर गुरुङले बताउनुभयो । 
ल्हापेका बासिन्दाको गहना बनेर उभिएको यस विद्यालयमा केही कक्षा कोठा नयाँ रहेपनि केही कक्षा कोठा भने पुरानो रहेका छन् । दुई वटा भवनका ५ वटा कक्षा कोठामा रहेको टिनको छानो चुहिएको कारण बर्षाको समयमा पठन पाठनमा समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक सुरज गुरुङले बताउनुभयो । 
अधिकांश गुरुङ र मगर समुदायका बालबालिकाहरु पठनपाठनका लागि आउने यस विद्यालयमा विद्यार्थी अभावकै कारण थप दरबन्दी नदिने गरेको बताइएको छ । विद्यालय कम कक्षासम्म सञ्चालन गरे नजिक अर्को विद्यालय नहुनु र टाढा दुई घण्टाको बाटो पार गरेर जान समस्या हुने गरेका कारण पनि यहांका ल्हापेका बासिन्दालाई लक्ष्मी निम्न माध्यमिक विद्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal