सालिकराम भट्टराई
कावासोती, ११ पुस । नवलपरासीको तीन गाविसमा श्रीमान् श्रीमतीको नाममा संयुक्त लालपूर्जा बनाउने अभियान शुरु गरिएको छ ।आज कुमारवर्ती गा.वि.स.बाट अभियानको औपचारिक शुरुवात गरीएको साना किसान सहकारी संस्था लिमिटेड, कुमारवर्तीकी अध्यक्ष सविना अधिकारीले जानकारी दिनु भयो ।
साना किसान सहकारी संस्था लिमिटेड कुमारवर्ती र कृर्षि सहकारी संस्था लिमिटेड बर्दघाटले सयुक्त लालपुर्जा अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
महिलालाई सम्पतीमा समान हक र अधिकार दिलाउन अक्सफाम जी वि. नेपालको सहयोगमा कुमारवर्ती गा.वि.स लगायत नवलपरासी जिल्लाका तिन गा.वि.समा अभियानको सुरुवात गरिएको हो ।
आज कुमारवर्ती गा.वि.स.बाट अभियानको औपचारिक शुरुवात गरीएको साना किसान सहकारी संस्था लिमिटेड, कुमारवर्तीकी अध्यक्ष सविना अधिकारीले जानकारी दिनु भयो ।
कुमारवर्ती गा.वि.स सचिब एवम् अध्यक्ष बिष्णुराज गौतमले आज उद्घाटन गर्दै कुमारवर्ती गा.वि.सबाट अभियान सुरु भएको हो । अभियान नवलपरासी जिल्लाको क’मारवर्ती सहित जहदा र तिलकपुर गा.वि.स.मा समेत सञ्चालन गरीने अक्सफाम नेपालका परियोजना संयोजक गोविन्द सुनारले जानकारी दिनु भयो ।
आज मात्रै सो क्षेत्रका १५ जोडिले संयुक्त लालपुर्जाका लागि नाम लेखाएका छन ।

Post a Comment