Monday, December 26, 2016

एकीकृत सम्पति कर लागू गर्न सकारात्मक

 ज्ञानु पंगेनी

कावासोती, ११ पुस । नवलपरासीको कावासोती नगरपालिकामा एकीकृत सम्पत्ती कर लागू गर्नका लागि यहा“का सरोकारवाला सकारात्मक भएका छन् ।
नगरको विकासका लागि करको दायरा बढाउनु पर्ने आवश्यकतालाई मध्यजनर गर्दै कावासोती नगरपालिकाले गएको श्रावण १ गतेबाट एकीकृत सम्पत्ती कर लागू गरेको भए पनि करको रकम जनताको ढाड सेक्नेगरी भएको भन्दै विरोध भएपछि स्थगित गरिएको थियो ।
नगरको विकासका लागि एकीकृत सम्पत्ती कर लागू गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले नगरभित्रको घरसम्पत्तीको पुर्नमुल्याङ्कन गरि सोमबार सरोकारवालाहरु संग अन्तरकृया समेत गरेको छ ।
अन्तरकृयामा बोल्दै वडा नागरिक मंचका संयोजकहरुले घरसम्पत्तीको पुर्नमुलयाङ्कन पनि अझै परिमार्जन गर्न आग्रह गरेका छन ।
पहिलेको भन्दा केहि हदसम्म ठिक भएपनि अझैपनि बजार र ग्रामिण लेभलका घरजग्गको मुल्याङ्कनमा केहि त्रुटी रहेको बताएका थिए ।
मालपोतको आधरमा गरिएको मुल्याङ्कनले नभई फिल्डमै गएर घरजग्गाको वास्तविक मुल्य निकालेर लागु गर्न सहभागीले आग्रह गरेका थिए ।
कार्यक्रम कावासोती नगरपालिकाका कार्यकारी प्रमुख हरिलाल पुरीको अध्यक्षतामा भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal