Thursday, December 15, 2016

शुल्क वृद्धिको विरोध

कावासोती, ३० मंसिर । नवलपरासीको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले विद्यार्थीको ढाड सेक्ने गरी शुल्क वृद्धि गरेको भन्दै त्यसको वृद्धि गरेको छ ।
नवलपरासीमा क्रियाशिल चार विद्यार्थी संगठनहरुले आज कुमारवर्ती क्याम्पसमा ज्ञापन पत्र बुझाएर शुल्क वृद्धि फिर्ताको माग गरेका छन् । 
ज्ञापन पत्रमा कुमारवर्ती क्याम्पसमा विद्यार्थीहरुको ढाड सेक्ने गरि गरिएको शुल्क बृद्धिप्रति  विद्यार्थीहरुको हक र हितको लागि लड्ने विद्यार्थी संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 
क्याम्पसमा विद्यार्थीका न्युनतम आवश्यकतालाई परिपूर्ती गर्ने, क्याम्पसको सरसफाई र व्यवस्थापनमा ध्यान दिने, विद्यार्थीहरुको संख्यात्मक र गुणात्मक बृद्धिको लागि पहल गर्ने, पुस्तकालयमा नयाँ र समयानुकूल अध्ययनसामग्री उपलब्ध गराउने, आन्तरिक समस्याहरुलाई आन्तरिक छलफलबाट नै समाधान गर्ने र क्याम्पस हाताभित्र शैक्षिक अराजकताको अन्त्य गर्नेतर्फ ध्यान दिनुपर्ने तर्फ माग गरिएको छ । 
विप्लव माओवादी निकट अखिल क्रान्तिकारी नवलपरासीका अध्यक्ष शिव डुम्रे, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी नवलपुरका संयोजक ईश्वर गैरे, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी नवलपरासीका संयोजक शोभा जिसी र नयां शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन नवलपुरका सहसंयोजक श्री कृष्ण चापागाईले आज कुमारवर्ती क्याम्पसमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । 
उनीहरुले आफ्नो माग पुरा नभए पुस १ गते लेखाफाँटमा तालाबन्दी गर्ने, ३ गते प्रशासनमा तालाबन्दी गर्ने र ५ गते एक दिन क्याम्पस बन्द गर्ने लगायतका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal