रामकुमार श्रेष्ठ

कावासोती, ३० मंसिर ।
नेपाल प्रेस युनियन नवलपरासीले आज सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कारबाट चार जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार वितरण गर्नुभएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भूपेन्द्र शर्मा भट्टराई र नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्व अध्यक्ष एवम् नेपाल प्रेस युनियन नवलपरासीका पूर्वअध्यक्ष होम राज रानाभाटलाई सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कार २०७१ बाट पुरस्कृत गरिएको हो ।
त्यस्तै सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कार २०७२ बाट पत्रकार एवम् सूचना आयुक्त किरण पोख्रेल र सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कार २०७३ बाट शिक्षक मासिकका संपादक रामजी दाहाललाई पुरस्कृत गरिएको हो ।
मदनभक्त अधिकारीले आफ्नो पिता नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद सूर्यभक्त अधिकारी र माता पतनादेवी अधिकारीको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको हो ।
यो पुरस्कार २०६० सालदेखि नेपाल प्रेस युनियन नवलपरासीले निरन्तर प्रदान गर्दै आएको छ । पुरस्कार राशी ३५ हजार नगद र ताम्रापत्र रहेको छ ।
यसैबीच देउवाले भूपू शैनिकहरुको माग संबोधन गर्न आफू लागि पर्ने बताउनभको छ ।
आज कावासोतीमा भूपू सैनिकरुको राष्ट्रिय प्रशिक्षणमा सम्बोद्धन नेपाली कांग्रेसका सभापति देउवाल यस्तो बताउनुभएको हो ।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्थानीय निकायको निर्वाचन जसरी पनि गर्नु पर्नेमा जोड दिनुभएको हो । उहांले नेपाली कांग्रेसका लागि स्थानीय निकायको निर्वाचन जीवन मरणको विषय रहेको बताउनभयो ।



Post a Comment