कावासोती, ५ पुस । युवा संघ रुपन्देहीको जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई कारवाहीको माग गर्दै युवा संघ नवलपरासीले नवलपरासीमा पनि मंगलबार बन्द गरे । बन्दको क्रममा नवलपरासीमा कुनै अप्रिय घटना नघटेको बताइएको छ ।
उनीहरुले नवलपरासीको बर्दघाट, कावासोती लगायतका स्थानमा सडक अवरुद्ध गरेका थिए ।
त्यसैबीच नवलपरासीको डेढ गाउंमा युवा संघ र नेपाली कांग्रेसका कार्यकर्ताबीच तनाव भएको छ ।
युवा संघको बन्दको क्रममा बन्द गराउंदै हिड्दा डेढगाउं ९ कांग्रेस चोक भनेर राखिएको बोर्ड फालिदिएपछि तनाब भएको हो ।
एमाले कार्यकर्ताले बोर्ड फालेर आगो लगाइ दिएपछि कांग्रेस कार्यकर्ताले नाराजुलुस गरेको हुन् । उनीहरुले इलाका प्रहरी कार्यालय डेढगाउंमा दोषीलाई कारवाही गर्न माग गर्दै नाराबाजी गरेको इप्रका डेढ गाउंका प्रहरी सहायक निरीक्षक उपेन्द्र यादवले बताउनुभयो ।
यसैबीच युवा संघले गरेको बन्द रुपन्देही बाहेक अन्य क्षेत्रमा फिर्ता भएको छ । रुपन्देहीको भैरहवादेखि खैरहनी सम्ममा बन्द जारी रहेको र अन्य क्षेत्रमा बन्द फिर्ता भएको युवा संघ नवलपरासीका अध्यक्ष गोपी कृष्ण शर्माले बताउनुभयो ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment