रामकुमार श्रेष्ठ
कावासोती, ११ पुस। १ सय २४ औं माओ दिवस माओ सिद्धान्त मान्ने कम्युनिष्ट घटकले आज विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
२६ डिसेम्बर सन् १८९३ मा चीनको हुनान प्रान्तको साओसानमा जन्मिएका चिनियाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिनको अवसरमा संसारभरका कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन् ।
चिनिया“ क्रान्तिका महानायक तथा जनवादी गणतन्त्र चिनका निर्माता माओत्सेतुङको १२४ औं दिवस आज नवलपरासीमा पनि माओवादीहरुले विविध कार्यक्रम मनाएको छ ।
आज नेकपा माओवादी केन्द्रले नवलपरासीको कावासोतीमा, नेकपा क्रान्तिकारी माओवादीले बर्दघाटमा र नेकपा माओवादीले सेतापानीमा विविध कार्यक्रम गरी माओवादी दिवस मनाएको छ ।
नेकपा माओवादी केन्द्र नवलपुरले कावासोतीमा गरेको कार्यक्रममा पार्टी पोलिट ब्युरो सदस्य भविश्वर पराजुली, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य धनप्रसाद सापकोटा, आयोजक सदस्य लोकप्रसाद भुर्तेल, गुरा“स लगायत अथिति रहनुभएको थियो । वक्ताहरुलेमाओले देखाएको बाटोलाई निरन्तर रूपमा अगाडि बढाउने प्रतिबद्धता गरेका थिए ।
जिल्ला ईन्चार्ज किसान शर्माको अध्यक्षतामा कार्यक्रम भएको हाम्रा सहकर्मी अर्जुन अविरलले बताउनुभयो ।
त्यस्तै आज नै नेकपा क्रान्तिकारी माओवादीले पनि बर्दघाटमा माओ दिवसको अवसरमा कार्यक्रम गरेको छ ।
१२५ औं माओ दिवसको अवसर नेकपा क्रान्तिकारी माओवादी नवलपरासीले आयोजना गरेको अन्तक्र्रियामा बोल्ने बक्ताहरुले राष्ट्रवादी शक्तिहरुको एकताबाट मात्र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिने बताएका छन् ।
कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादी नवलपरासीका सेक्रेटरी संकल्पले विश्व कम्युनिष्ट आन्दोलनका नेता माओत्से तुङको जिवनीबाट नेपाली कम्युनिष्ट मात्र नभएर राष्ट्रवादी सबैले सिक्नुपर्ने बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीका सचिव रवि पाण्डे, क्रान्तिकारी युवा लिगका नेता एंव जनमुक्ति सेनाका पूर्व कमाण्डर उत्तम थापा, अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघका जिल्ला अध्यक्ष चुडामणि भण्डारी लगायतले बोल्नुभएको थियो ।
क्रान्तिकारी माओवादी जिल्ला सेके्रटरी संकल्पको अध्यक्षता छबि खरेलको संचालनमा भएको कार्यक्रममा कुमाल मोर्चाका जिल्ला अध्यक्ष श्याम कुमाल, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष गीता पाण्डे लगायतले मन्तब्य राख्नुभएको थियो ।
त्यसैगरी माओ दिवसको अवसर पारेर आज विप्लप निकट नेकपा माओवादी नवलपरासीले सेतापानीमा माओवादी दिवस सम्बन्धि कार्यक्रम गरेको जिल्ला सेक्रेटरी पदम केसी जुझारुले बताउनुभयो ।
यसैबीच माओ दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमार्फत् मुलुकलाई एकताबद्ध गरी, संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ ।
त्यसैगरी माओ दिवसको अवसरमा विज्ञप्ती निकालेर नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले नयाँ जनवाद हुंदै समाजवाद तथा साम्यवादको दिशामा निरन्तर अगाडी बढीरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
पछिल्लो समय माओवादी दिवस मनाइरहंदा सबै माओवादीले आफूलाई मात्र सच्चा माओवादी र सच्चा क्रान्तिकारी पार्टी भएको दावी गरेका छन् । त्यस्तै उनीहरुले आफ्नो पार्टी मात्र सच्चा क्रान्तिकारी पार्टी भनेर दावी गरेका छन् ।
चिनियां जनवादी क्रान्तिका नेता माओ–त्सेतुङ २६ डिसेम्बर सन् १८९३ मा चीनको हुनान प्रान्तको साओसानमा जन्मनु भएका हो ।
उहांलाई संसारभरका कम्युनिष्ट पार्टीहरुले सम्झदै २६ डिसेम्बरका दिन माओ दिवस मनाउने गरेका छन् । माओलाई नेपालमा रहेको माओवादी पार्टीहरुले पनि बर्षेनी सम्झने गर्दछन् ।
माओकै सिद्धान्तमा आधारित भएर तत्कालिन विद्रोही नेकपा माओवादीले दशवर्षसम्म राज्य विरुद्ध सशस्त्र संघर्ष गरेको थियो ।
माओवादी जनयुद्धकै बलमा तत्कालिन विद्रोही नेकपा माओवादी र तत्कालिन सात राजनीतिक दलको आन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य भएको थियो ।
माओको सिद्धान्तलाई आत्मसाथ गर्दै सर्वहारा बर्गको उत्थानका लागी भन्दै राजनीतिक आन्दोलन शुरु गरेको माओवादी शान्ती प्रक्रियामा आएसंगै बिभाजन भएको छ ।
विभाजन पछि मुख्यतहः नवलपरासीमा नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी र नेकपा माओवादी गरी तीन माओवादीले छुट्टा छुट्टै ढंगले माओ दिवस मनाए । दिवस मनाइरहंदा माओवादी पार्टीका जिल्लाका अगुवाहरुले नेपालको सन्दर्भमा क्रान्ति अझै बांकी रहेको बताएका थिए ।
विप्लपले नेतृत्व गरेको नेकपा माओवादीका राज्य सदस्य डा. शिवशंकर बस्यालले पछिल्लो टुटफुटलाई टुटफुटको रुपमा हेर्नु भन्दा पनि कसले सही कार्यदिशा लिएको छ भन्नेमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
सत्तामा रहेको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम् नवलपुर इन्चार्ज किसान शर्मा गैरेले नेपालमा सत्तामै रहेको माओवादीका केही अपवाद बाहेकका नेताहरु पतन भएको बताउनुभयो । उहांले माओ दिवसको अवसर पारेर आगामी कार्यक्रममा बांकी कार्यभार पुरा गर्ने ढंगले कार्यक्रम लैजाने प्रतिबद्धता जनाएको बताउनुभयो ।
त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज अशोक लम्साल अनुकुलले कुन पार्टीले के नाम राख्यो भन्दा पनि कसले सही कार्यदिशा बोकेछ भन्नेमा जोड दिनुपर्ने बताउनुभयो । उहांले आफ्नो पार्टीले जनवादी गणतन्त्र स्थापना
गर्न माओ जयन्तीलाई साझी राखेर तीन महिने अभियान थालेको समेत बताउनुभयो ।
माओको जन्मदिनको अवसरमा माओवादी पार्टीहरुले आआफ्नो ढंगले कार्यक्रम गरेपनि सबैले माओको जन्मदिनलाई साझी राखेर बांकी कार्यभार पुरा गर्ने प्रतिबद्धता गरेका छन् । त्यो प्रतिबद्धता प्रतिबद्धतामा मात्र सिमित नराखी पुरा गर्न तर्फ माओवादी नेतृत्व लागि परोस् ।

Post a Comment