गोपी ज्ञवाली
नवलपरासी। उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा सुनवलमा चलिरहेको तेस्रो नवलपरासी औद्योगिक व्यापार मेलामा पुरानो समयमा प्रयोगमा ल्याएने पानी घट्टा, गोरुबाट चल्ने पुरानो प्रविधिको कोल लगायतका पारम्परिक प्रविधिहरु मेलामा मुख्य आकर्षणको रुपमा रहेका छन् ।
मेलामा नयांनयां ईलक्ट्रोनिक सामानहरुको व्यपकता भई रहने आजको समयमा नवलपरासीको सुनवलमा लागेको औद्योगिक व्यापार मेलामा पहाडि भागहरुमा पारम्परिक रुपमा पिसानका लागि प्रयोग गरिने पानी घट्टा र गोरुबाट चल्ने पारम्परिक कोल तराईका मानिसहरुमा नौलो आकर्षणको केन्द्र बनेको छ। सुनवलमा संचालनमा रहेको तेस्रो नवलपरासी औद्योगिक व्यापार मेलामा मुलतः पहाडि भागमा पारम्परिक रुपमा प्रयोग गरिदै आएको पानी घट्टा, कोल पुराना प्रविधि तराईका मानिसहरुमा प्रचार प्रसारका उद्देश्यले मेलामा लगाईएको विजी गु्रप गुल्मीका प्रतिनिधी जीवन पंगेनीले बताए।
पंगेनीको अनुसार पानी पानीघट्टाको प्रविधि २ सय वर्ष पुरानो प्रविधि हो। यस प्रकारको पानी घट्टा अहिले गुल्मीका ७ वटा गाविसहरुमा मात्र बांकी रहेका छन्। पहाडको उचाईबाट बगने प्राक्रितिक खोलाहरुको पानीको छिरो
(धारा) बाट संचालन हुने पानी घटटा मेलामा संचालनका लागि कृतिम रुपमा पहाड बनाई पानी बगने खोला बनाईएर पानी घटटा चलाईको छ।
यसरी कृतिम रुपमा बनाईएको पहाड र त्यसबाट वडने खोलाको पानीबाट घट्टा चलाईएको मात्र छैन कि पानी घटटाबाट पिसेको विभिन्न प्रकारका खाद्यान्नको पीठो समेत विक्रीमा राखिएको छ । यसरी बनाईएको पानी घटटा प्रदर्शनी मेलामा मुख्य आकर्षणको केन्द्र बनेको मेला आयोजक समितीका सदस्य शंकर नेपालले बताए । मैदानी भागमा लगाईएको यो मेलामा पानीबाट चल्ने घटटाको संचालनका लागि आकर्षक पहाडको रुप बनाई पानी घटटा चलाउन मोटर चलाएर पहाडको खहरे खोला बनाईएको छ । कृतिम रुपमा बनाईएको पहाड र पहाडबाट आएको पानीले पानी घटटा संचालन गरि गहु, कोदो, मकै पिसेर पीठोको विक्री मेलामा एउटा नमुना आकर्षणको केन्द्र बनेको मेला आयोजक समितीका सदस्य नेपालले बताए ।
यसै गरि विद्युतबाट चल्ने आधुनिक मशिनको समयमा पारम्परिक रुपमा गोरुबाट चल्ने कोल र कोलमा उखु पेल्ने पहाड गाउको पारम्परिक प्रविधी पनि मेलाको अर्को आकर्षणको केन्द्र बनेको मेला आयोजक समितीका सचिव एवं उद्योग वाणिज्य संघ नवलपरासीका महासचिव गिरीराज पाण्डेले बताए । एउटा गोरुलाई बाधेर कोललाई गोलो गरि घुमाउने ब्यावस्था रहेको पारम्परिक कोलले मेलामा उखु पेलेर ताजा ऊखुको खुदो पकारएर गरिएको ब्यापार पनि मेलाको आकर्षणको केन्द्र बनेको छ ।
पुस ३ गते सम्म संचालन हुने यस मेलामा विभिन्न प्रकारका आधुनिक भन्दा पारम्परिक रुपमा प्रयोग गरिने जो अहिले लोप हुने अवश्थामा रहेका छन ती बस्तु र प्रविधिको प्रदशन नै मुख्य आकर्षणको विषय बनेको छ ।
यसै गरि मेलामा हिमालमा पाईने चौरी गाई, मरुमुमिमा पाईने ऊट एवं लोपोन्मुख अवश्थामा रहेका राउटे जातिहरुको स्टल पनि दर्शकहरुका लागि नौलो आकर्षकको केन्द्र बनेको छ ।

Post a Comment