Thursday, December 15, 2016

पत्रकार महासंघको ध्यानाकर्षण

कावासोती, ३० कात्तिक । नेपाल पत्रकार महासंघ नवलपरासीले क्रियाशिल पत्रकारहरुलाई महासंघको सदस्यता नदिएका भन्दै आज नेपाल पत्रकार महासंघ नवलपरासीको ध्यानाकर्षण गराएको छ । 
नवलपरासीमा कार्यरत महासंघको सदस्यताको लागि आवेदन दिएका मध्ये २५ जनाले आज संयुक्त रुपमा नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष विरेन्द्र पराजुलीलाई ज्ञापन पत्र बुझाउंदै क्रियाशिल पत्रकारहरुलाई सदस्यता दिन माग गरेका हुन् । 
ज्ञापन पत्र बुझ्दै उपाध्यक्ष पराजुलीले केही क्रियाशिल पत्रकारहरुको नाम सदस्यता सिफारिसका लागि छुटेको भन्दै यस विषयमा छलफल गरेर टुंगो लगाउने बताउनुभयो ।

मितिः २०७३।८।३० 
श्रीमान् अध्यक्ष ज्यू, 
नेपाल पत्रकार महासंघ नवलपरासी
ज्ञापन पत्र 
नेपाल पत्रकार महासंघ नवलपरासीको आव्हानमा नेपाल पत्रकार महासंघ साधारण सदस्यताका लागि आवेदन आव्हान गरिएकोमा हामी विगत लामो समयदेखि विभिन्न संचार माध्यमका क्रियाशिल पत्रकारहरुले महासंघको आवेदन दिइएको तर हाम्रो क्रियाशिलता, सदस्यताका लागि आवश्यक योग्यता सम्पूर्ण पुग्दा समेत नेपाल पत्रकार महासंघ नवलपरासीले निष्पक्ष ढंगले सदस्यता छानविन नगरी हामी तपशिलका क्रियाशिल पत्रकारहरुलाई सदस्यता सिफारिसबाट बन्चित गरिएकोले हाम्रो घोर आपत्ति छ । 
तत्काल तपशिलका हामी क्रियाशिल पत्रकारहरुलाई सदस्यताको लागि सिफारिस नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहान्छौं । अतः हामी तपशिलका आवेदन दिएकाहरुको फाइल छानविन गरी सदस्यताको लागि तुरुन्त सिफारिस गर्न माग गर्दै यो ज्ञापन पत्र बुझाएका छौं । 
क्र.सं. नाम, थर
प्रदीप पोख्रेल
सुस्मा खड्का  
३. खेमराज खरेल (राजन)
४. प्रमोद रिमाल
राम बराल
६. माधव भुसाल
७. राधा बस्याल शर्मा
८. अस्मिता भण्डारी
शान्ति पुन
१० अमृत पौडेल
११ सपना खड्का
१२ प्रेम ध्वज गाहा
१३ दीपक थापा
१४ पूजा गुरुङ
१५ चन्दा गुरुङ
१६ दुर्गा नेपाल
१७. सम्झना सुवेदी
१८. बाबुराम गिरी
१९ पवित्रा घिमिरे
२०. इन्दिरा विश्वकर्मा
२१ गणेश पाण्डे
२२ मनिष अधिकारी
२३ राम सुनार
२४. राजु भट्टराई

२५. भूमिसरा काफ्ले

बोद्धार्थः नेपाल पत्रकार महासंघ, केन्द्रिय कार्यालय काठमाडौं ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal