कावासोती, १४ माघ । तमाङ समुदायको सोनाम ल्होछार शुरु भएको छ । माघ १५ गते पर्ने सोनाम ल्होछारलाई लक्षित गरी तमाङ समुदायसंग आज रेडियो कावासोतीले शुभकामना आदानप्रदान गरेको छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका पूर्वकेन्द्रिय सदस्य सिरमाला प्रदेश ४ का सचिव राम तामाङ, जिल्ला अध्यक्ष बाबुलाल तामाङ, पूर्व जिल्ला अध्यक्ष आशबहादुर गोले लगायतले शुभकामना व्यक्त गर्नुभएका थियो ।
आजरातिबाट नया बर्ष अर्थात सोनाम ल्होछार शुरु हुंदैछ । शुभकामना आदानप्रदान कार्यक्रम रेडियो कावासोतीका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
Post a Comment