Friday, January 27, 2017

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

कावासोती, १४ माघ । 
न्वलपरासीका विभिन्न स्थानमा भएको दुर्घटनाहरुमा परि ३ जनाको ज्यान गएको छ । 
पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दुम्किबासमा माईक्रोले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको  मृत्यु भएको छ ।
नवलपरासीको दुम्किबास ६ अरुणखोलामा दुम्किबास बिच ज¨लमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको लु १ ज २६७५ न.को उईङगर कारले  विपरित दिशाबाट आउदै  गरेको लु २० प ६३६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा नाम ठेगाना नखुलेका अन्दाजी ३५ बर्षका  मोटरसाईकलका चालक र मोटरसाईकलमा सवार  अन्दाजि ३५ बर्षका  पुरुषको   घटना स्थलमै  मृत्यु भएको ईलाका प्रहरी कार्यालय नयाबेलहानीका प्रहरी निरीक्ष्ँक  मोहन मान श्रेष्ठले जानकारी दिनु भयो ।
ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै आज दिउसो रामग्राम ४ बैरीहवामा मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा एक जना घाईते भएका छन ।
परासी महेशपुर सडक खण्डमा महेशपुर बाट परासी तर्फ  आउदै गरेको  लु ६ प २६ ९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा नवलपरासी शुक्रौलि ९ बस्ने बर्ष  ४४ का ब्रिजराज कोहार घाईते भएका छन । घाईते कोहारको जिल्ला पृथ्विचन्द्र अस्पताल परासीमा सामान्य उपचार पछि भैरहवा रिफर गरीएको प्रहरीले जनाएको छ ।
यता   नवलपरासीको मध्यविन्दु ८ चोरमारा अरुणखोला बिच ज¨लमा कार र स्र्कापीयो एक आपसमा ठक्कर खादा  ६ जना घाईते भएका छन ।
पूर्व बाट पश्चिम तर्फ जार्दै गरेको बा १५ च ५३२ नम्बरको कार र बिपरीत दिशाबाट आउदै गरेको बा १२ च ९१६० नम्बरको स्र्कापीयो एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको । दुर्घटनामा घाईते भएका सबैको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै नवलपरासीको त्रिवेणी धामका लागि कपिलबस्तुबाट तिर्थालु बोकेर आएको जिप गएराती दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ,अन्य १७ जना घाईते भएका छन । घाईते मध्य ४ जनाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार लु १ ज १०८ नम्बरको जिप आफै अनियन्त्रित भई नवलपरासीको रामग्राम ३ स्थिति रामखण्डपुलमा ठक्कर खादा जिप चालक कपिलबस्तु शिवनगर ९ अजिगरा बस्ने बर्ष २७ का राकेश कुमालको मृत्यु भएको हो ।
दुर्घटनामा परी सोहि ठाउ बस्ने अन्य १७ जना घाईते भएका छन । घाईते मध्य ४ जनाको अवस्था गम्भिर रहेको छ ।
गम्भिर घाईते हुनेमा सत्यनारायण कहार,झीगुर रैदार,ज्ञानमती रैदास र बुदु रैदास रहेका प्रहरीले जनाएको छ । घाईते सबैको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेका छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal