Wednesday, January 25, 2017

ट्रकले मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्य

कावासोती, १३ माघ। नवलपरासीको दुम्किबासमा ट्रकले मोटरसाइकललाई ठक्कर ंिदंदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । 
इलाका प्रहरी कार्यालय नयांबेलहानीका अनुसार पूर्वपश्चिम लोकमार्गको दुम्किबास ५ घिउ खोलामा नम्बर नखुलेको ट्रकले ना १९ प ६५२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार नवलपरासीको गैडाकोट ६ निवासी २९ बर्षीय तारा घिमिरेको घटना स्थलमै मृत्यु भएको हो । 
मोटरसाइकल चालक तारा घिमिरेका दाई ४३ बर्षीय बालकृष्ण ढकाल गम्भीर घाईते भएका छन् ।
घाईते ढकालको भरतपुरमा उपचार भईरहेको र ठक्कर दिने सवारीको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal