श्याम बुचा
नवलपरासी, १३ माघ । नवलपरासीको त्रिवेणीमा माघे औंशी मेला शुरु भएको छ । मेला आजदेखि शुरु भएको हो ।
विगत बर्षदेखि लाग्दै आएको त्रिवेणी धाम मेला आज विहीबारदेखि शुरु भएको हो । माघ १४ गते परेको माघे औंशीको अवसरमा माघे मेला त्रिवेणीमा हरेक बर्ष लाग्ने गर्दछ ।
माघे औंशीमा स्नान गर्नका लागि दुई दिन अघिदेखि नै त्रिवेणीमा भक्तजनहरुको आएको स्थानीय प्रेमचन्द्र रौनियारले बताउनुभयो ।
माघे औंशीको अवसरमा त्रिवेणीको नारायणी नदीमा स्नान गर्दा विभिन्न प्रकारको रोगहरु निको हुने र आफूले मनमा चिताएको कुराहरू पनि पुरा हुने आस्था रहेको पाइन्छ ।
मेलामा ५ लाख दर्शनार्थीहरुले त्रिवेणीमा स्नान गर्ने अनुमान गरिएको छ ।
यहा“ सुरक्षाका लागि नेपाल प्रहरीको २ सय जना, सशस्त्र प्रहरी बलको ९४ जना, ट्राफिक ४० जना र स्थानीय स्वयम्सेवक ७० जनाहरु गरी कुल ४ सय ४ जना सुरक्षाका लागि खटाइने माघे मेला व्यवस्थापन समिति त्रिवेणीका अध्यक्ष एवम् त्रिवेणी सुस्ता गाविस सचिव बेलप्रसाद भण्डारीले बताए ।
त्यसैगरी सुरक्षा, खानेपानी, सरसफाई, प्रचारप्रसार आदि गरी ११ वटा विभिन्न उपसमिति गठन गरेर काम गरिएको छ । मेलामा ११ वटा सार्वजनिक शौचालय निर्माण गरिएको आयोजकले बताएको छ ।
मेलामा दर्शकहरुको मध्यनजर गरी निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको छ भने एउटा एम्बुलेन्स पनि परिचालन गरिने जनाइएको छ ।
विद्युत र संचारको पनि राम्रो व्यवस्था गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष एवम गाविस सचिव भण्डारीले जानकारी दिए ।
त्रिवेणीमा माघे औंसीमा स्नान गर्न नवलपरासी, पाल्पा, रुपन्देही, चितवन, पोखरा लगायतका जिल्लाहरुका साथै भारतको उत्तरप्रदेश, विहार प्रदेश र महाराष्ट्र प्रदेशबाट समेत भक्तजनहरु आउने गर्दछन् ।

Post a Comment