Monday, April 24, 2017

कावासोति नगरपालिका ६ मा नेपालि कांग्रेशको भेला

कावासोति,बैशाख ११
स्थानिय तह निर्वाचनको चुनाबलाई लक्ष्ति गरि राजनैतिक दलका प्रतिनिधिहरु प्रचार प्रसारमा जुटेका छन ।
यसै विचमा आज कावासोति नगरपालिका ६ मा नेपालि कांग्रेशको आज भेला कोखेटोलमा भएको छ ।  उक्त भेलामा आगामि बैशाख ३१ को चुनावलाई लक्षित गरि चुनावी रणनिति एवम मुल समिति ,सल्लाहाकार समिति ,महिला समिति, युवा समिति लगाएतको प्रचार प्रसार समिति गठन गरेको छ ।
उक्त भेलामा यसै वडाका वडा सभापति, महासमिति सदस्य हाल नेपालि कांग्रेशका मेयरका आकांक्षी युवा नेता श्याम श्रेष्ठको नेतृत्वमा सम्पुर्ण समिति गठन गरिएको हो । जसमा सल्लाहाकार समिति संयोजक भोजराज शिलवाल, मुल समिति संयोजक गंगाधार भुसाल, प्रचार प्रसार समिति संयोजक गंगाधर न्यौपाने,आर्थिक संयोजक झविन्द्र काफले ,युवा परिचालन धर्म राज काफले, महिला परिचालन सदस्य देवका भुसाल रहनुभएको छ ।
यस वडामा नेपालि कांग्रेशका वडा अध्यक्ष उम्मेदवार हेमु पाण्डे, दलित महिला सदस्य हिम कला सुनार, महिला सदस्य विन्दु भुर्तेल, खुल्ला सदस्य भरत गौडेल र दिपेन्द्र बस्याल रहनुभएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal