कावासोती, ११ बैशाख । देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीको आज कावासोतीमा जिल्ला कार्यालयको उद्घाटन गरिएको छ ।
सिपी गजुरेल गौरव नेतृत्वको मोर्चाले स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने निर्णय गर्दै निर्वाचनमा जाने भएपछि मोर्चाको कार्यालय कावासोतीमा स्थापना गरिएको हो ।
कार्यालयको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज अशोक लम्साल अनुकुलले कार्यालयको उद्घाटन गर्नु भएको हो ।
सोही क्रममा आजै मोर्चाबाट नगरपालिका र गाउंपालिका प्रमुख र उपप्रमुखमा उमेदवारहरुको पनि घोषणा गरिएको थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चाले नवलपरासीको कावासोती नगरपालिकाबाट प्रमुखमा बाबुराम पोख्रेल, उपप्रमुखमा गीता पाण्डेलाई उमेदवारको रुपमा अगाडि सारेको छ ।
त्यस्तै मध्यविन्दु नगरपालिकाको प्रमुखमा श्याम कुमाल, उपप्रमुखमा खड्कबहादुर बाह्रघरेलाई उमेद्वारको रुपमा अगाडि सारेको छ ।
त्यस्तै देवचुली नगरपालिकाबाट प्रमुखमा युवराज वाग्ले, उमेदवारको रुपमा अगाडि सारेको छ ।
त्यस्तै हुप्सेकोट गाउंपालिकाबाट प्रमुखमा पिताम्बर फाल मगर, उपप्रुमखमा टिकाराम काफ्लेलाई उमेदवार बनाइएको छ ।
अन्य नगरपालिका र गाउंपालिकाको भने उमेदवार घोषणा भने गरिएको छैन ।
कार्यालय उद्घाटन गर्दै केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले आफूहरु संविधानमा भएका कमीकमजोरीको भण्डाफोर प्राप्त उपलब्धीको रक्षाका लागि निर्वाचनमा जान लागेको बताउनुभयो ।
त्यस्तै कावासोती नगरपालिकाका प्रमुखका उमेदवार बाबुराम पोख्रेलले आफ्नो पहिचान स्थापित गराउनका लागि निर्वाचनमा होमिएको बताउनुभयो ।
कार्यक्रममा उमेदवारहरुले आआफ्नो भनाइहरु राख्नुभएको थियो । मार्चाका कावासोती प्रमुख पिताम्बर तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार महासंघका सचिव रामकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment