रामकुमार श्रेष्ठ

कावासोती १९ बैशाख ।
पहिलो चरण अन्तरगत बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नवलपरासीको नवलपुर क्षेत्रको ४ गाउं पालिका र ४ नगरपालिका गरी ८ वटा पालिकामा मंगलबार उमेदवारी दर्ता गरिएको छ ।
नवलपरासीको गैडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र बुङ्गदीकाली, बुलिङ्गंटार, हुप्सेकोट, विनयी त्रिवेणी गाउ“पालिकामँ उमेद्वारी दर्ता गरिएको हो ।
यहां नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयां शक्ति पार्टी, संघीय समाजवादी फोरम, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले उमेद्वारी दिएका छन् ।
१७ वटा वडा रहेको कावासोती नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयां शक्ति पार्टी, संघीय समाजवादी फोरम, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, जनमोर्चा नेपाल लगायतका दलहरुले उमेदवारी दिएका छन् ।
नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काङ्गेसबाट मेयरमा महेन्द्र पोख्रेल र उपमेयरमा खगिसरा गुरुङ्गले उमेद्वारी दर्ता गराएका छन् । यसैगरी नेकपा एमालेबाट मेयरमा चन्द्रा पुन र उपमेयरमा प्रेमशंंकर मर्दनियाले उमेद्वारी दर्ता गराएका छन ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट प्रमुखमा डासीराम बस्याल र उपप्रमुखमा रमिला भुजेलले उमेद्वारी दिएका छन ।
कावासोती नगरपालिकामामा राप्रपाबाट मेयरमा लोकनाथ लामिछाने र उपमेयरमा उमा दमाई, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट प्रमुखमा बावुराम पोखरेल र उपप्रमुखमा गीता पाण्डे, नया“ शक्ति पार्टी र संघीय समाजवादी फोरमबाट प्रमुखमा मंगल लामा र उपप्रमुखमा पवित्रा भुसालले उमेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रिय जनमुक्ती पार्टीबाट मेयरमा तिलक थापा, उपमेयरमा पार्वती गुरुङ्गले उमेद्वारी दर्ता गराएका छन् भने कावासोतीमा मेयर पदका लागि स्वतन्त्र उमेद्धारका रुपमा शिव भट्टराई र श्रीकान्त खरेलले मनोनयन दर्ता गराएका छन ।
उमेदवारी दर्ता गराउनु पूर्व नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माओवादी केन्द्र लगायतका दलले बाजागाजा र र्याली सहित उमेद्वारी दर्ता गराएका थिए ।
त्यस्तै गैडाकोट नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा गजेन्द्र आले र उपमेयरमा बिष्णु कंडेल सापकोटाले उमेद्वारी दर्ता गराएका छन । भने एमालेबाट मेयरमा छत्रराज पौडेल र उपमेयरमा राधा पाण्डले उमेद्वारी दर्ता गराएका छन ।
माओवादी केन्द्रबाट मेयरमा दुर्गा ढुंगाना र उपमेयरमा पार्वती आचार्यले उमेद्धारी दर्ता गराएका छन ।
नयां शक्ति पार्टी र संघीय समाजवादी फोरमबाट मेयरमा गोपेन्द्र केसरी न्यौपानेले उमेदवारी दर्ता गराएका छन् । त्यस्तै गैडाकोटमा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट मेयर कमल कुंवर र नेकपा (माले) बाट उपप्रमुखमा माया ठकुरीले उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नवलपरासीको देवचुली नगरपालीकामा मेयर पदका लागी १० जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरका लागी ५ जनाको उम्मेदवारी परेको छ ।
देवचुली नगरपालीकामा नेपाली कागेंसबाट पुर्णकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन भने उप मेयरपदका लागी लक्ष्मि बस्ताकोटीले उम्मेदवारी दर्ता गरेकी छन ।
यस्तै नेकपा एमालेबाट मेयरमा हरी प्रसाद न्यौपाने र उपमेयरमा पार्वती तिवारीले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रबाट मेयरमा सत्यनारायण भुषाल र उपमेयरमा पे्रमा कुमारी खनालले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै राष्ट्रिय जनमोर्चा पार्टीबाट बिश्वनाथ पौडेल, नया शक्ति पार्टी नेपालबाट जगन्नाथ अर्याल, राप्रपाबाट दिपक पौडेल र राष्ट्रिय जनमुक्ति पार्टी बाट भुम बहादुर राई, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट युवराज वाग्लेले मेयर पदका लागी उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै स्वतन्त्र रुपमा रामबहादुर बिक र तुलसीराम भुषाल गरी २ जनाले मेयर पदका लागी उम्मेदवारी दिएका छन् ।
उपमेयर पदका लागि नै राप्रपबाट कल्पना श्रेष्ठ, नया“ शक्तिबाट अस्मिता गैहे्र र स्वतन्त्र रुपमा टिका घिमिरेले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै मध्यबिन्दु नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा चन्द्र वहादुर राना र उपप्रमुखमा ओम कुमारी महतोले उमेद्धारी दर्ता गराएका छन । नेकपा एमालेबाट मेयरमा भिमलाल अधिकारी र उपमेयरमा जोगमाया महतोले उमेद्धारी दिएका छन ।
यस्तै माओवादी केन्द्रबाट मेयरमा शुष्मा खनाल र उपमेयरमा चुडा ब. आलेको उमेद्धारी दर्ता गरिएको छ । यस्तै राप्रपाबाट मेयरमा नन्द प्रसाद अर्याल र उपमेयरमा धनमाया अधिकारी पाण्डेले उमेद्धारी दर्ता गराएका छन । राष्ट्रिय जनमोर्चाबाट मेयरमा मान वहादुर बोहरा र उपमेयरमा सिमा कुमारी विकको उमेद्धारी परेको छ भने राष्ट्रिय जनमुक्ती पार्टीबाट मेयरमा तिल वहादुर झेडीको उमेद्धारी परेको छ । यस्तै देशभक्त जनगणत्रान्त्रिक मोर्चाबाट मध्यविन्दुमा खड्ग वहादुर बाह्रघरेको उमेद्धारी परेको छ ।
जनजातिबाट मेयरमा गणेशमान महतो र उपमेयरमा श्यामबहादु कुमालले उमेदवारी दर्ता गराएका छन् ।
नवलपरासीको पहाडी गाउपालीका बुङदीकाली गाउपालीकमा नेपाली कांगे्रसका तर्फबाट दुर्गाबहादुर रानाले गाउपालीका प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन भने उप प्रमुखमा कागें्रसका तर्फबाट माया देवी श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छन ।
यस्तै नेकपा एमालेबाट प्रमुखमा श्याम सुन्दर श्रेष्ठ र उपप्रमुखमा डिल कुमारी सारुको उम्मेदवारी परेको छ । माओवादी केन्द्र बाट प्रमुखमा उम्मेदवारी परेको छैन भने उपप्रमुखमा मिलन मर्सा¨िको उम्मेदवारी परेको छ ।
राप्रपा बाट प्रमुखमा रविन्द्र राज कडेंलले उम्मेदवारी दर्ता गरेका छन । राप्रपाले उपप्रमुखमा भने उम्मेदवारी दिएको छैन ।
यसै गरी नयाशक्ति पार्टी नेपालबाट प्रमुखमा मिन कुमार श्रेष्ठ र उपप्रमुखमा कल्पना नेपालीले उम्मेदवारी दर्ता गराएका छन । बु¨दीकाली गाउपालीकामा प्रमुख ,उपप्रमुख सहित अन्य पदहरुमा गरी ७१ ज्नाको उम्मेदवारी परेको छ ।
यस्तै नवलपरासीको हुप्सेकोट गाउपालीकामा गाउपालिका प्रमुख र उपप्रमुख सहित अन्य पदहरुमा गरी १ सय ३२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
हुप्सेकोट गाउपालीकामा नेपाली कागेंसबाट गाउपालिका प्रमुखमा लक्ष्मि पाण्डे र उपप्रमुखमा ओम बहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै नेकपा एमालेबाट गाउपालीका प्रमुखमा मेक बहादुर पुलामी र उपप्रमुखमा कोपीला मल्लले उम्मेदवारी दर्ता गराएका छन भने नेकपा माओवादी केन्द्रबाट गाउपालीका प्रमुखमा चन्द्र बहादुर थापा र उपप्रमुखमा कल्पना सिग्देलले उम्मेदवारी दर्ता गराएका छन ।
यसै गरी राप्रपा बाट प्रमुखमा याम बहादुर गाहा र उपप्रमुखमा कर्नमाया मर्सा¨ी मगरले उम्मेदवारी दर्ता गराएका छन ।
हुप्सेकोट गाउपालिकामा स्वतन्त्र उम्मेदवारको रुपमा पनि प्रमुख र उपप्रमुखमा उम्मेदवारी परेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा र नयांं शक्ति पार्टी नेपालले स्वतन्त्र उम्मेदवारको रुपमा प्रमुखमा प्रितम सिंह फाल मगर र उपप्रमुखमा टिकारा काफ्लेले उम्मेदवारी दर्ता गराएको हुप्सेकोट गाउपालीकाका निर्वाचन अधिकृत खगेन्द्र घिमिरेले जानकारी दिए ।
विनयी त्रिवेणी गाउपालिकामा काङ्गेसबाट प्रमुखमा डम्मर जिसी र उपप्रमुखमा मिना रानाको उमेद्धारी परेको छ । यस्तै एमालबाट प्रमुखमा लक्ष्मण पाण्डे र उपप्रमुखमा तारा बि.कको उमेद्धारी परेको छ । माओवादी केन्द्रबाट प्रमुखमा कृष्ण पाण्डे र उपप्रमुखमा रन्जु अधिकारीको उमेद्धारी परेको छ ।
यहां नेकपा एमाले र नेपाली कांग्रेसका गरी दुई जनाले स्वतन्त्रमा अध्यक्ष पदमा उमेदवारी दिएका छन् । त्यस्तै नयां शक्ति नेपाल, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त प्यानल बनाएर उमेदवार दिएका छन् ।
यस्तैगरी बुलिंङ्गटार गाउपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा शशी बस्ताकोटी र उपाध्यक्षमा मैना बि.क.को उम्मेदवारी परेको छ भने एमालेबाट अध्यक्षमा विद्रोही गिरी र उपाध्यक्षमा पार्वती थापाको उम्मेदवारी परेको छ । यस्तै नेकपा माओवादी केन्द्रबाट लाल बहादुर रेश्मी मगरले प्रमुखमा उम्मेदवारी दिएका छन ।
प्रदेश ५ अन्तरगत रहेको नवलपरासीको परासी क्षेत्रका ३ नगरपालिका र ४ गाउंपालिकामा भने दोस्रो चरणमा निर्वाचन हुने छ ।






Post a Comment