स्थानीय तह निर्वाचन नजिकिदैँ गर्दा उम्मेदवारको विषयलाई लिएर नेकपा एमाले रामग्राम र सुनवल नगर पालिकाका नेता कार्यकर्ताअसन्तुष्ट बनेका छन् । पार्टीले लामो समय देखि पार्टीमा क्रियाशिल रहेको, जनप्रीय तथा योग्य व्यक्तिलाई वाईपास गरेर जुनियर तहका व्यक्तिलाई टिकट दिएको भन्दै रामग्राम र सनुवलमा एमाले कार्यकर्ता विच असन्तुष्टि बढेको बताइएको छ ।
नेकपा एमालेको प्रदेश नं ५ को बैठकले रामग्राम नगरपालिकाको मेयर पदमा उमाशंकर चौधरी र उपमेयरमा उमा यादवलाई उम्मदेवार बनाउने निर्णय गरेको छ भने सुनवलमा विमला अर्याललाई मेयर र दधिराम अर्याललाई उपमेयरमा उम्मेदवार बनाउने निर्णय गरेको स्रोतले बताएको छ । एमालेले उम्मेदवार सार्वजनिक नगरेपनि अधिकांश नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन ।
पार्टीले पार्टी र समाजमा पुराएको योगदान भन्दा जातिय रुपमा जुनियर व्यक्तिलाई र जनता माझ लोकप्रिय नै नरहेका व्यक्तिलाइ टिकट दिएको एमाले कार्यकर्ताको गुनासो छ । जनतामाझ लोकप्रिय रहेका र जित्ने प्रवल सम्भावना भएका व्यक्तिलाई पाखा लगाईएको भन्दै एमाले कार्यकर्ताले पार्टीको निर्णयले चुनावको उत्साह नै घटेको बताएका छन् । प्रदेश कमिटीले उम्मेदवार तोकेपनि चुनाव सरेकाले अहिले आधिकारीक उम्मेदवार सार्वजनिक नगरेको एमाले परासीले जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment